राष्ट्रिय विद्युत प्रसारणलाइनले झलमल्ल बन्दै जुम्ला

  ।   १७ श्रावण २०७८, आईतवार १५:५०

जुम्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ । आइतबार विहान १० बजेर ५५ मिनेट देखि जुम्ला राष्ट्रिय प्रसारण लाइन संग जोडिएको हो । यो संगै जिल्ला सदरमुकाम खलंगाका झण्डै दुई हजार बढि ग्राहकले एकैसाथ बिजुली बाल्न पाएका हुन । यसअघि साना जलविद्युत आयोजनाको घुघुत्तीबाट निकालिएको बिजुली १५ घण्टा लोडसेडिङ बेहोरेर बाल्नु परिरहेको थियो ।
अहिले २४ सैँ घण्टा बिजुली बाल्न पाउने नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्र जुम्लाका प्रमुख गौरब पाण्डेले जानकारी दिए । उनले भने,‘अधिकांस दिन अध्याँरोमा विताउनु पर्ने जुम्लाबासीको बाध्यता हटेको छ । अब राष्ट्रिय प्रसारणलाइन जडान भएसंगै उद्योग कलकारखाना र इलेक्ट्रोनिक सम्बन्धिका सबै काम सहजै हुनेछन । ’
जुम्ला राष्ट्रिय प्रसारणलाइन संग जोडिनु पर्ने माग राख्दै यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले बारम्वार संसद भवनमा आवाज उठाउदै आएका थिए । संघीय संसद गजेन्द्रबहादुर महतले जुम्लामा प्रयाप्त बिजुलीको पहुँच पुगाउनको लागि सरकारको ध्यानाकर्षण गराउदै आएका थिए ।
अहिले विद्युत प्राधिकरणको बिजुली दुई हजार १ सय ग्राहकले मात्र बालिरहेका छन । बिस्तार भएर चार हजार ५ सय सम्म पुर्याउने लक्ष्य राखिएको छ । सदरमुकाम भित्र जुगाडखोला लघु जलविद्युत आयोजना र ठिन्के जलविद्युत आयोजना सञ्चालनमा छन । सबै साना जलविद्युत आयोजना केन्द्रीकृत गरेर बिजुलीको दिगो समाधान निकाल्ने कर्णाली प्रदशका उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले जानकारी दिए ।
उनले यसअघि नै एक साताभित्र राष्ट्रिय प्रसारणलाइनको बिजुली जुम्लामा पुर्याउनको लागि निर्देशन दिएका थिए । बीचमा आइपर्ने समस्या समाधानको लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताएका थिए । बिहान एक्कासी राष्ट्रिय प्रसारणलाइन संग जोडिएपछि जुम्लाबासी निकै खुसि छन । जुम्ला कालिकोटको मान्म देखि पिली सम्मको तारमा केही समस्या देखिएकोले जडान भइरहेको बताउँदै इकाइ प्रमुख पाण्डेले अब नियमित बिजुली आउनेमा जोड दिए ।
अहिले सिधैँ दुल्लुबाट तानिएको लाइनले काम गरिरहेको छ । मान्ममा पनि तयारी भइरहेको छ । मान्मदेखि आउने विद्युतलाइन क्वालिटी सेवा प्रदान गर्नेछ । जेठ २४ गतेदेखि कालिकोटमा राष्ट्रिय प्रसारणलाइनको बिजुली बलिरहेको छ । यो संगै कर्णालीको जुम्ला र कालिकोटमा राष्ट्रिय प्रसारणलाइन जडान भएको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा सरोकारवालाको निरन्तर दबावका कारण जुम्ला राष्ट्रिय प्रसारणलाइनमा जोडिएको बताए । उनले भने,‘अब जुम्लामा विद्युतीय सबै काम सञ्चालनमा आउनेछन । विद्युतीय काम गर्न समस्या हुनेछैन । ’
लामो समयपछि जुम्ला जिल्ला बल्ल राष्ट्रिय प्रसारण लाइनमा जाोडिएको छ । यसअघि राष्ट्रिय प्रसारण लाइनको पहुँचमा नपुग्दा जुम्लावासी अध्याँरोमा बस्न बाध्य थिए । बैकल्पिक उर्जा र दियालोका भरमा रहेका जुम्लावासी राष्ट्रिय प्रसारण लाइन जोडिएपछि खुसी छन् । उनीहरुले अब अन्धकार रात बिताउनु पर्ने समस्याबाट मुक्ती मिलेको बताएका छन ।

जुम्लामा स्थानीय उत्पादनको विद्युत सेवा दिगो र भरपर्दाे थिएन । स्थानीयले सास्ती खेप्नु परेको थियो । यसअघि जुम्ला सदरमुकामवासी समेत दैनिक १५ घण्टासम्मको लोडसेडिङको मारमा थिए । तर जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सदरमुकामवासीलाई अब लोडसेडिङको पीरलो हट्ने निश्चित बनेको छ ।
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका अनु्सार सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुगेको ११ केबी राष्ट्रिय प्रसारण लाइन अब छिट्टै मुगुसम्म विस्तार गर्ने तयारी छ । जुम्लाको सिंजा क्षेत्रहुदै राष्ट्रिय प्रसारण लाइन मुगु पु¥र्याइने केन्द्र प्रमुख गौरव पाण्डेले बताए ।
जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएपनि तत्कालका लागि जुम्लामा ५ सय किलोवाट विद्युत मात्रै खपत हुने स्थिती छ । हाल कर्णाली राजमार्ग क्षेत्रमा मात्रै विद्युतका पोल विस्तार गरिएकाले राष्ट्रिय प्रशारण लाइन पुगेपनि तत्काल सबै जुम्लावासीले विद्युत सेवा उपभोग गर्नसक्ने स्थिती छैन ।
‘हाल जुम्लाको तिला र तातोपानी गाउँपालिका राजमार्ग क्षेत्रका स्थानीय तथा चन्दननाथ नगरपालिकावासीले मात्रै विद्युत सेवा उपभोग गर्न पाउनेछन । तर आउँदो असोज, कार्तिक महिनाभित्रै जुम्लाका सबै स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइन विस्तार हुनेछ’ केन्द्र प्रमुख पाण्डेले भने, ‘यसका लागि छिट्टै टेण्डर प्रक्रियाबाट सबै स्थानीय तहमा प्रसारण लाइन विस्तार गरिनेछ । गाउँगाउँमा पोल विस्तार गरेर विद्युत जडान गर्ने कार्य सुरु हुनेछ ।’
लामो समयपछि जुम्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न सफल भएको भन्दै कर्णाली प्रदेशका पूव आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सांसद नरेश भण्डारीले यस कार्यमा सहयोग गर्ने सबै निकायप्रति आभार व्यत्तः गरेका छन । जुम्लावासी अब अँध्यारोमा बस्ने दिन अन्त्य भएको बताउँदै उनले विद्युत सेवाका कारण जुम्लावासीको स्वास्थ्य तथा शिक्षामा समेत उल्लेख्य सुधार आउने अपेक्षा गरेका छन् ।

Next Post

शिक्षामा नीतिगत भ्रष्टचार रोक्न अखिल (क्रान्तिकारी)को तयारी

१७ श्रावण २०७८, आईतवार १५:५०
गोल्डेन बुढा, नेकपा माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) जुम्लाले शिक्षामा भइरहेको नीतिगत भ्रष्टचार रोक्ने तयारी थालेको छ । पहिलो चरणमा शिक्षा क्षेत्रमा भइरहेको अनियमितता र नीतिगत भ्रष्टचार रोक्न सचेतनामुलक कार्यक्रम अघि सार्ने निर्णय गरेको हो । जसका लागि जिल्ला स्थानीयतह र वडास्तरमा समिति विस्तार गर्ने र एकसाथ शैक्षिक विकृतीका विरुद्धमा […]

सम्बन्धित