बढ्दो बेइमानी,छैन सावधानी

  ।   २२ श्रावण २०७८, शुक्रबार १०:३६

गोल्डेन बुढा,

अहिले विश्व कोरोना भाइरसबाट आतंकित छ । चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस विश्वभर फैलियो । यो भाइरसका कारण लाखौँले ज्यान गुमाए । नेपालमा हजारौँको ज्यान गयो । इटाली चरम चपेटामा परेको थियो । त्यस्तै युरोप, अमेरिका र मध्य पूर्वमा यो तीव्र दरले फैलियो ।
नेपालमा पनि तीब्र गतिमा कोरोना संक्रमणa बढिरहेको छ । भाइरस नियन्त्रणमा नेपालले हदै सम्मको पहल गरेपनि नियन्त्रण बाहिर छ ।
कोरोना भाइरसको संक्रमण हुन नदिन, भएपनि त्यसलाई फैलन नदिन नेपाल सरकारको जति भूमिका रहन्छ । त्यो भन्दा बढी भुमिका जनताको रहन्छ । कोरोना भाइरसले समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा नकरात्मक प्रभाव पारेको छ ।
कोरोनाको रोकथाम र सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न स्थानीय प्रहरी,प्रशासन तथा नेपाल आर्मी,हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तीनमा कार्यरत कर्मचारी, व्यपारी, नागरिक समाज र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ ।
हामीले सामाजिक उत्तरदायित्व जति कुशलतापूर्वक निर्वाह गर्नेछौँ । त्यति सहजै कोरोना भाइरस संक्रमण तथा यसका संभावित सामाजिक, आर्थिक, सांस्कृतिक प्रभावहरु न्यूनीकरण गर्न सक्नेछौँ । अहिले सबै मिडियाले निरन्तर रुपमा कोरोना सम्बन्धी विभिन्न समाचार सामाग्रीहरु प्रस्तुत गरिरहेका छन ्। अनलाइन मिडियाले कोरोना भाइरसको संक्रमण रोकथाम प्रभाव न्यूनीकरणका लागि व्यक्ति तथा संस्थाहरुले निर्वाह गरेका सामाजिक उत्तरदायित्वहरुलाई समाचार सामाग्रीका रुपमा प्रस्तुत गरिरहेका छन् । अत्यावश्यकीय वस्तुहरुको कालोबजारी गर्नेहरुको पर्दाफास गरिरहेका छन् ।
स्वास्थ्यकर्मीहरुले कोरोनासम्बन्धी स्वास्थ्य सामाग्रीहरु तथा स्वास्थ्य क्षेत्रको जानकारी गराइराखेका छन ।सबै घरमै बसिदिए, अनावश्यक हिँडडुल तथा भीडभाड नगरिदिएको खण्डमा त्यो नै कोरोना भाइरसविरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार हुनेछ। यसैगरी स्वाथ्यकर्मी, सेना, प्रहरी, सरकारी अधिकारी तथा अत्यावश्यक सेवा प्रदायक संस्थाहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले यो समयमा आफ्नो पेसागत धर्म पूर्ण इमानदारीका साथ निर्वाह गर्नुपर्ने देखिन्छ । तर संकटको या् घडीमा कताकता असामाजिक र गैरजिम्मेवार कार्यहरु गरेको देखिन्छ । यो सामाजिक सञ्जालमा कोरोना भाइरससम्बन्धी विभिन्न अफवाह तथा भ्रामक हल्लाहरु फैलाउने समय होइन।
अपुष्ट समाचारहरु फैलाएर मानिसलाई आतंकित गर्ने समय पनि होइन । भाइरसले कुनै धर्म र वर्णलाई चिन्दैन । जुनसुकै धर्म मान्ने मानिसहरु पनि कोरोना भाइरसबाट संक्रमित भइरहेका छन् । यो कुनै धर्मलाई उच्च देखाउने र कुनै धर्मलाई खुइल्याउने समय पनि होइन । यो कालोबजारी गर्ने, सामानको स्टक राखेर लुकाउने वा थुपारेर राख्ने समय पनि होइन । कोरोना भाइरस छैन, मलाई त कोरोना भाइरसले छुँदैन भन्दै जथाभावी हिँडडुल गर्ने, भीडभाड गर्ने, आइसोलेसनमा नबस्ने, सोसियल डिस्टेन्स कायम नगर्ने समय पनि होइन । यो संकटको घडीमा जिम्मेवारपूर्ण सामाजिक व्यवहार देखाउने कि नदेखाउने भन्ने कुराले नै भावी दिशा र दशा दर्साउने निश्चित छ । हामीलाई थाहा छ, हाम्रो राज्यको क्षमता अति नै सीमित छ । हाम्रा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार तथा साधन स्रोतहरु सबै सीमित छन ।
तर जुम्लामा निषेधाज्ञा खुकुलो भएसँगै बजार र ग्रामीण क्षेत्रमा भीडभाड बढेको छ ।माक्स प्रयोग ,भौतिक दुरी कायमजस्ता स्वास्थ्य सावधानी अपनाउन छोडिएको छ । बजारमा देखिने भीडले कोरोना संक्रमणबाट थला पर्ने डर पैदा भएको छ।‘ विहान बाट दिउँसो ४ बजे सम्म खुलाउने गरिएको छ। भीड अचाक्ली हुन्छ, स्वास्थ्य मापदण्डको पालना छैन । कोरोना सर्ने खतरा छ ।’ सर्वसाधारणको हेलचक्रर्याइले प्रत्येक दिन परीक्षण गरिएकोमा संक्रमण दर बढिरहेको छ । लापरबाही देखेर चिकित्सक र स्वास्थ्य सरोकारकाला चिन्तित छन । जिल्लाका सरकारी कार्यालयमा सबैभन्दा बढी भीड लाग्ने गरेको छ । ‘चिया चौतारी, पसल, सार्वजनिक यातायात कतै सावधानी छैन,’ बाहिर निस्किन डर लाग्छ ।’
सर्वसाधारणको लापरबाहीले दिनहुँ संक्रमित बढिरहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जुम्लाको बजार र ग्रामीण क्षेत्रमा भीडभाड बढेको छ । सरकारी र गैरसरकारी कार्यालयका साथै बजारमा अत्यधिक भीड छ । मास्क प्रयोग, भौतिक दूरी कायमजस्ता स्वास्थ्य सावधानी अपनाउन छोडिएको छ । यसले कोरोना जोखिम बढ्दै देखाउँछ ।
निषेधाज्ञा खुलेसंगै घट्दै गएको संक्रमितको संख्या अहिले बढ्दै गएको छ । दिनहुँ बिरामी बढ्दै गएपनि सबै सरोकारवालाको संवेदनशीलता बढेको पाइदैन । तेस्रो लहरको जोखिम बढ्दै जान थालेको छ । यसपटक कोरोनासँग लड्न अग्रिम तयारीको जरुरी छ । जुम्लाको हकमा ‘निषेधाज्ञा खुकुलो पारीएको छ । कोरोना पूरै नियन्त्रणमा आइसकेको छैन् । समुदाय स्तरमा फैलिसकेको छ । बेलाबेला प्रहरी, नेपाली सेनाले चेतना फैलाएको छ । ग्रामीण भेगमा निषेधाज्ञा उल्लंघन गर्ने, सामाजिक दूरी पालना नगर्ने, मास्क लगाउन कन्जुस्याइँ छ । सार्वजनिक यातायात अन्तर्गत लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा छन ।
विकसित देशहरुले त कोरोना भाइरस विरुद्ध लड्न सकिरहेका छैनन् भने हाम्रो जस्तो अविकसित देशमा यो भाइरस फैलियो भने यो सीमित स्रोत साधनले केही पनि गर्न सक्ने छैनौँ। तर पनि सामाजिक एकता र सामाजिक दायित्व वोधमा शक्ति हुन्छ, जसले ठूलो संकटको घडीसँग लड्ने अभूतपूर्व सामथ्र्य दिन्छ । सबैले आफ्नो सामाजिक उत्तरदायित्व बोध गरौँ । सरकार र सरोकारवालाहरुले भनेका साना ठूला सबै कुराहरु दृढतापूर्वक पालना गरौँ । त्यसैमा हामी सबैको हित छ ।
यो नै कोरोना भाइरस विरुद्ध लड्ने भरपर्दो हतियार हो । आफू पनि घरमै बसौँ र अरुलाई पनि घरमै बस्न प्रेरित गरौँ ।ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरसका लक्षण हुन । केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही मानिसहरूलाई सङ्क्रमण भएपनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन् ।कोरोना भाइरसबाट जोगिन सबैभन्दा महत्त्वपूर्ण र आधारभूत उपाय भनेको सरसफाइ नै हो ।
नियमित रूपमा साबुनपानीले हातधुने वा गुणस्तरीय स्यानिटाईजर दल्ने गर्दा हातमा भएका भाइरसहरू मर्छन् । नाक, मुख र आँखा नछुने । किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ अनि हात नधोई अनुहार छुँदा भाइरस शरीरभित्र छिर्न सक्छ ।
खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल नाक र मुख छोप्ने । त्यसो गर्दा भाइरस फैलिन पाउँदैन । जोगिन दुई मिटर दूरी कसरी राख्ने,एकअर्काबाट दुई मिटरको दूरीमा बस्ने,बाहिर जाँदा वा अरू व्यक्तिलाई भेट्दा हात नमिलाउने । नमस्कार गरेर वा हात हल्लाएर पनि अभिवादन गर्न सकिन्छ ।

Next Post

कर्णाली प्रदेश प्रमुख कलौनीद्धारा कर्णाली स्वास्थ्य प्रतिष्ठानको प्रशंसा

२२ श्रावण २०७८, शुक्रबार १०:३६
 गोल्डेन बुढा. कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले गरेका कामको उच्च प्रसंसा गरेका छन । उनले प्रतिष्ठानले गरेको स्वास्थ्यसेवा, शिक्षा र स्वास्थ्य अनुसन्धानमा देखाएको तदारुकता निकै उदाहरणीय रहेको बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्धारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा […]