विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति

  ।   २७ श्रावण २०७८, बुधबार १३:१९

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पुन: नियुक्ति पाएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह भनेकी थिइन् । तर, शाक्यले आफू जहाँ खटाए पनि जाने तर राजीनामा भने नदिने अडान राखेका थिए ।

शाक्यलाई उर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी त्यता पठाइएको छ । यसअघि ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले लोडसेडिङ अन्त्य गर्दै बिजुलीको नियमिततामा उल्लेख्यक सुधार गरेका थिए ।

Next Post

अक्सिजन सिलिण्डर सहित जुम्ला अस्पताल पुगे १८ बर्षिय सुजल

२७ श्रावण २०७८, बुधबार १३:१९
वीरेन्द्रनगर ६ सुर्खेत जिल्ला घर भइ हाल सुकेधारा काठमाण्डौँमा बस्ने १८ बर्षिय सुजल सापकोटा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन सिलिण्डर ल्याएर आइपुगे । उनी २० लिटरका २० वटा अक्सिजन सिलिण्डर सहित पुगे । आफुले ल्याएको अक्सिजन सिलिण्डर अस्पतालका निर्देशक डा. राजिव शाह र द्धन्द्धबहादुर शाहीलाई हस्तान्तरण गरे […]