वैकल्पिक विधिबाट पठनपाठन गराउन शिक्षकको घरदैलो

  ।   ३० श्रावण २०७८, शनिबार २१:५५

जुम्लाको तिला गाउँपालिका ८ मा रहेको देउराली माबि जुम्लाकोटले कोरोना कहरको बीचमा वैकल्पिक विधिबाट पठनपाठन गर्न घरदैलो गरेको छ । गाउँमा शिक्षकहरु खटिएर अभिभावकलाई रेडियो,अनलाईन,टेलिभिजनबाट हुने शिक्षण सिकाई क्रियाकलापमा संलग्न गराउन आग्रह गरेका हुन । अहिले विद्यार्थीको भौतिक उपस्थिती गराएर पठनपाठन गर्ने अवस्था छैन, प्रधानाध्यापक रामभजन यादवले भने,’‘यो अवस्थामा वैकल्पिक शिक्षण विधिको प्रयोग गर्नुको विकल्प छैन । त्यसैले रेडियो,टेलिभिजन र अनलाइनको पहुँचमा रहेका विद्यार्थीले समय मिलाएर पठनपाठन गराउन अभिभावकलाई सुझाव दिइयो । ’
दुरशिक्षा, श्रव्यदृश्य सामाग्री प्रशारण हुने समय तालिका अभिभावक र विद्यार्थीलाई दिइएको छ । रेडियोको पहुँच संग जोडिएका विद्यार्थीले रेडियो सुन्नु पर्ने भयो । टिभीको पहुँचमा रहेका विद्यार्थीले टिभी हेर्नु पर्ने भयो । अनलाइनको पहुँच हुनेले अनलाइनबाट शिक्षण सिकाइ क्रियाकलापमा सहभागि हुनु पर्ने भयो,प्रधानाध्यपक यादवले भने,‘यो सबै विधि र समयका बारेमा अभिभावकलाई जानकारी दियौँ । अभिभावक पनि जिम्मेवारी पुर्ण तरिकाले प्रस्तुत भएका छन । आशा गरौँ यो विधिबाट विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बन्नेछ । ’
कोरोनाले पढाई चौपट भइसक्यो । घरमा पढ्ने वातावरण विद्यार्थीलाई छैन । घरको काममै व्यस्त हुन्छन । गाउँमा भेला गराएर पठनपाठन पनि गर्नुछैन,उनले भने,‘यी बिषयमा अभिभावकलाई सुझाव दिएका छौँ । अभिभावक पनि बालबालिकाको पठनपाठन प्रभावित भएको प्रति चिन्तित छन । शिक्षकको घरदैलोलाई गम्भीर चासोको रुपमा हेरेका छन । ’
भौतिक उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्न नसक्ने अवस्थामा शिक्षण सिकाइ क्रियाकलापलाई कसरी निरन्तरमा दिने भन्ने बिषयमा विद्यालय निकै चिन्तित छ । प्रधानाध्यापक यादवले भने,‘अहिले भौतिक उपस्थितीको विकल्पमा के गर्न सकिन्छ भन्ने बिषयमा पनि विभिन्न विधि अपनाउन थालिएको छ ।
उनले शिक्षक पटक पटक घरदैलोमा गएर विद्यार्थीका समस्या बुझ्ने र समस्या समाधानका लागि पहल गर्ने गरिरहेको बताए । हरेक विद्यार्थी र अभिभावकलाई बिषयगत शिक्षकको मोवाइल नम्बर उपलब्ध गरिएको छ । उनीहरुले फोनबाट पनि समस्य राख्न सक्नेछन । विद्यार्थीले फोन गरेको खण्डमा उनीहरुले चाहेको समय शिक्षकले दिने व्यवस्था मिलाइएको छ । शिक्षकलाई विद्यार्थीले फोन गरेर पढ्न चाहेमा घरको काम छोडेर पनि समय उपलब्ध गराउन निर्देशन गरिएको प्रधानाध्यापक यादव बताउँछन ।
घरदैलोमा पुग्दा अभिभावकले शिक्षकले दिएका सुझाव कार्यन्वयन गर्ने बचन दिएका छन । विद्यालयको कार्यक्षेत्र भित्र पर्ने पुरु गाउँ र जुम्लाकोटको तल,माथिबाडामा शिक्षकले घरदैलो गरेका छन । शिक्षक घरदैलोमा पुगेर विद्यार्थीको भविष्य माथि चिन्ता व्यक्त गर्न थालेपछि अभिभावक पनि विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन गराउन तयार भएका छन ।
कोभिड १९ का कारण स्वास्थ्यको दृष्टिकोणले प्रतिकुल स्थिती सिर्जना भएको छ । विद्यार्थीको भौतिक उपस्थितीमा कक्ष शिक्षण क्रियाकलाप सञ्चालन गर्न सक्ने अवस्था छैन । प्रधानाध्यापक यादवले भने,’‘वैकल्पिक विधिको अवलम्बन गरेर भएपनि शिक्षण सिकाई क्रियालकपलाई प्रभावकारी हिसावले सञ्चालन गर्न शिक्षक लागि परेका छौँ ।
पटक पटक वैकल्पिक विधिबाट गरिएको शिक्षण सिकाई क्रियाकलापको शिक्षकले अनुगमन समेत गर्नेछन ।

Next Post

अभावै अभावमा थलिँदै कृषि अनुसन्धान केन्द्र

३० श्रावण २०७८, शनिबार २१:५५
जुम्लामा रहेको कृषि अनुसन्धान केन्द्र बिजयनगर अभावै अभावमा चलेको छ । यहाँ अनुुसन्धान गर्ने बालीका विज्ञ छैनन । प्रयाप्त मात्रमा जग्गा पनि छैन । कृषि बालीहरुका लागि प्रशस्त जग्गा नहुँदा अनुसन्धानमा समस्या भइरहेको केन्द्र प्रमुख डा.अनिल पोखरेल बताउँछन । कृषि अनुसन्धान केन्द्र विजयनगरले १.२ हेक्टर जग्गामा बर्षे तथा हिउँदे कृषि […]