बालबिवाहको उपजः एकै बर्ष ८ सय ६० बालिका गर्भवती

  ।   १ भाद्र २०७८, मंगलवार १०:५१

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको गत बर्षको तथ्यांक अनुसार जुम्लामा बालबिवाहको अवस्था निकै डर लाग्दो छ । गाउँमा बालबिवाहको कुनै तथ्यांक नभएपनि स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने २० बर्ष मुनिका बालिकाको अवस्था हेर्ने हो भने जुम्लामा बालबिवाहको अवस्था भयाभह नै देखिन्छ ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार गत आर्थिक बर्षमा बालिका उमेरमै गर्भजाँच गराउनेको संख्या ८ सय ६० जना रहेको छ । यो तथ्यांकले जुम्लामा बालबिवाहको अवस्था भयाभह भएको पुष्टि गरेको छ ।
जिल्लामा सबैभन्दा बढि चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना बालिकाले गर्भजाँच गराएको देखिन्छ । पातारासी गाउँपालिकामा १३४ जना,कनकासुन्दरीमा ९० जना,सिँजा गाउँपालिकामा ६८ जना,चन्दननाथ नगरपालिकामा १९० जना,गुठिचौर गाउँपालिकामा ९५ जना,तातोपानीमा ६६ जना, तिलामा १४० जना र हिमामा ७७ जना बालिकाले गर्भजाँच गराएका छन ।
गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन । यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । उनले भने,’बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर पारीरहेको छ । सबैभन्दा बढि महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमै बिवाह गर्नाले हो ।’
५५ जना बच्चा मृतक जन्मिएका छन । २० बर्ष मुनिका ३० जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन । १३ जनाले सुरक्षित गर्भपतन गरेको तथ्यांक छ । यो तथ्यांक हरेक स्थानीयतहमा रहेका स्वास्थ्य संस्थाले दिएको प्रतिबेदनका आधारमा तयार पारीएको स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । २० बर्ष मुनिका ५ जनाले इम्प्लान्ट प्रयोग गरेका छन ।

Next Post

जुम्लामा जातीय विभेद गर्ने वडाध्यक्षका बाबुछोरा धरौटीमा रिहा

१ भाद्र २०७८, मंगलवार १०:५१
जातीय विभेद गर्ने जुम्ला सिँजा गाउँपालिका ६ का वाध्यक्ष कालीबहादुर बुढा र उनको छोरा नविन बुढा धरौटीमा रिहा भएका छन । उनीहरुलाई जिल्ला अदालत जुम्लाले धरौटीमा छाड्न आदेश गरेको हो । जिल्ला अदालत जुम्लाका न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छोरालाई धरौटीमा छोडेको जिल्ला अदालत […]