जुम्लामा १० हेक्टर क्षेत्रमा समुदायमा आधारित वृक्षारोपण कार्यक्रम

  ।   ३ भाद्र २०७८, बिहीबार ०७:०५

जुम्लाका विभिन्न स्थानीय तहको १० हेक्टर जमिनमा समुदायमा आधारित बृक्षारोपण कार्यक्रम गरिएको छ । जिल्लाको हिमा,तातोपानी र तिला गाउँपालिकामा गरेर १० हेक्टर जमिनमा बृक्षारोपण गरिएको हो ।

हिमा गाउंपालिका ६ डाडाबाडामा ३ हजार ५ सय, तातोपानी ७ सर्मिमा ४ हजार ६ सय तिला ७ तुहिमा तीन हजार गरेर ११ हजा १ सय विरुवा बृक्षारोपण गरिएको हो ।

 त्यो क्षेत्रमा सल्ला,देवद्यार,पिपल,ढटेलो,बकाइनो,धुपी र गुराँसको ११ हजार एक सय विरुवा रोपिएको पेस नेपाल अन्तरगतको क्याप्स कर्णाली परियोजनाले जनाएको छ ।
समुदाय आफैले २ हजार ६ विरुवाहरु रोपेका छन । यही साउन ७ देखि १५ गते सम्म ती ठाउँमा बृक्षारोपण गरिएको हो ।

बृक्षारोपणमा पालिकाका जनप्रतिनिधिहरु, समुदायका क र ख वर्गका २५० जना मध्य ७५ महिला र १७५ पुरुष सहभागी भएका थिए ।

बृक्षारोपणले नांगो क्षेत्र हरियो हुने,भुमिको संरक्षण हुने, पानीको मुहान नसुक्ने र जलवायु परिवर्तनले पारेका नकरात्मक प्रभाव संग जुध््न र त्यसको असर न्युनिकरणमा मद्धत मिल्ने स्थानीय बताउँछन ।

बृक्षारोपणको क्रियाकलापले स्थानीयलाई जंगल बचाउनु पर्ने सन्देश दिएको छ ।

जब सम्म बनजंगल जोगाउन सकिदैन् । तब सम्म अनेकन जलवायु परिवर्तनका नकरात्मक असर संग सामाना गरिरहनु पर्ने रहेछ,स्थानीयले भने,‘अब खाली क्षेत्रमा बृक्षारोपण गरौँ ।

जंगल बचाँउ,सुखी जीवनयापन बिताउँ भन्ने चेत समुदायमा सिर्जित भएको छ ।

बृक्षारोपण कार्यक्रम पेस नेपाल अन्तरगत नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तन द्धारा सिर्जित चुनौती अनुकूलन कार्यक्रम क्याफ्स कर्णाली परियोजना अन्तरगत गरिएको हो ।

Next Post

कर्णाली अस्पतालाइ साढे ६ लाखको स्वास्थ्य सामाग्री

३ भाद्र २०७८, बिहीबार ०७:०५
कोरोना भाइरसको तेस्रोलहर शुरु भइरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई साढे ६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो […]

सम्बन्धित