जुम्लामा वहुउपयोगी नर्सरी

  ।   ७ भाद्र २०७८, सोमबार २०:०६

जुम्लामा वहुउपयोगी नर्सरी स्थापना गरिएको छ । यहाँको तिला गाउँपालिका ७ तुही गाउँमा वहुउपयोगी नर्सरी स्थापना गरिएको हो । अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वावरण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग र पेस नेपाल जुम्लाको आयोजनामा सञ्चालित क्याप्स कर्णाली परियोजनावाट नर्सरी स्थापना भएको हो ।
यो नर्सरीस्थापनाबाट १ सय घरधुरीले प्रत्यक्ष लाभ लिएका छन् । वहुउपयोगी नर्सरी व्यवस्थापनका लागि नर्सरी समिति निर्माण भएको छ । नर्सरीमा विभिन्न प्रजातिको बिरुवा बकाइनो, निमारो, राइखन्यु, किम्बु, अतिस तथा बुधचित्तकोे बिउ छरिएको छ ।
छरिएको बिउ मध्ये ८०% बिउ उम्रिएको छ । नर्सरीमा उम्रिएका बिरुवाहरुको अवस्था सन्तोषजनक रहेको पेस नेपालका अस्मिता सिग्देलले जानकारी दिइन । नर्सरीबाट उत्पादन भएका वन तथा कृषिका बिरुवाहरु बिक्री वितरण गरी समुदयामा आर्थिक समृद्धिको यात्रा प्रारम्भ गर्ने लक्ष्य रहेकोमा जोड दिइन ।
विभिन्न जातका बिरुवाहरुको बिक्री वितरण गरेर आएको रकम सामाजिक क्रियाकलापमा लगाइने छ । नर्सरी व्यवस्थापन समितीले बर्षेनी २० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Next Post

दुर्गममा पशु स्वास्थ्य शिविर

७ भाद्र २०७८, सोमबार २०:०६
जुम्लाको दुर्गमका स्थानीयतहमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तिला गाउँपालिका १ दहचौर,तिला ९ मानेचौर र तातोपानी ७ पातरसाँघुमा पशु स्वस्थ्य शिविर सञ्चालन गरिएको हो । सो अवसरमा पशुवस्तुलाई खोप लगाउनुका साथै औषधि र परामर्श सेवा प्रदान गरिएको थियो । गाई,गोरु,भेडा तथा बाख्रा गरेर ४ हजार ७ सय ८३ […]