आम्दानीको स्रोत बन्दै धुपी

  ।   ७ भाद्र २०७८, सोमबार २३:०२

जुम्ला तातोपानी गाउँपालिका ८ का ३८ बर्षिय भीमबहादुर बुढाले गत बर्ष १ क्वीन्टल ५०केजी धुपीको दाउरा बेचे । दाउरा संगै उनले धुपीको पात बेचेर एकमुष्ट ९ हजार रुपैयाँ कमाए । उनी अहिले धुपी प्रशोधन तीरै अग्रसर छन । सोही गाउँका बर्ष ४५ का भीमबहादुर रावत धुपीको दाउरा र पात संकलनमा व्यस्त छन । यो बर्ष उनले ५ क्वीन्टल दाउरा र पात बेचे । दाउरा र पात बेचेर १० हजार रुपैयाँ कमाए । यी दुइ भीमबहादुर उदाहरण मात्र हुन ।
उनीहरु जस्ता सयौँ भीमबहादुरहरु अहिले पाटनमा धुपीको पात र दाउरा संकलनमा लागेका छन । यो क्षेत्रका स्थानीय बर्षेनी धुपीका दाउरा र पात बेचेर रुपैयाँ कमाउँछन । उनीहरुको आम्दानी बर्षेनी ६० देखि ७० हजार रुपैयाँ सम्म दाउरा र पात बेचेरै हुन्छ ।
भीमबहादुरले भने,‘पहिले धुपीलाई हेला गर्यौँ । अहिले धुपीले घर खर्च व्यवस्थापन गर्न सघाइरहेको छ । ’ तिला गाउँपालिका ६ सुडी गाउँमा पनि धुपीका दाउँरा र पात संकलनको काम तीब्र भइरहेको छ । उनीहरु बर्षेनी धुपीबाट ५० देखि ६० हजार रुपैयाँ सम्म कमाउँछन । उनले भने,‘धुपीको पात र दाउराले आम्दानी भित्र्याइरहेको छ । यो किसानका लागि राम्रो पक्ष हो । ’
धुपीको दाउरा र पात संकलनका लागि ठेकेदार गाउँमै पुग्छन । यो बर्ष २० क्वीन्टल धुपीको दाउरा र १० क्वीन्टल पात बिक्रि भएको किसान बताउँछन । यहाँको धुपीको दाउरा र पात काठमाण्डौँ पशुपति र बौद्धमा पुग्छ । यहीबाट ठेकेदारले सात लाख रुपैयाँ कमाएको छ । धुपीको दाउरा र पातको माग बढिरहेकोले ठेकेदार गाउँमै आएर खरिद गर्ने स्थानीय बताउँछन ।
यहाँका स्थानीयले धुपीको पात र दाउरा के गर्न प्रयोग हुन्छ भन्ने बारेमा थाहा नपाएपनि धुम बनाएर देविदेवतालाई धुपाउनका लागि दाउरा लिइरहेको अड्कल काट्छन । त्यो दाउरा र पात कतिमा विक्री हुन्छ? सिँगै पात र दाउरा विक्री हुन्छन् की त्यसलाई प्रशोधन गरेर हो ? उनीहरु अलमलमा छन् । काठमाण्डौमा धुपि पेल्ने र धुटो बनाउने मेशिन छ । त्यो मेशिनमा हालेर धुपीको पातको धुलो बनाई पोका पारेर विक्री गरिन्छ । अनि यहाँका किसानले बेचेको भन्दा धेरै मुल्यमा बिक्रि हुने गरेको छ ।
वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकण चौलागाइ जुम्लामा प्रशस्त धुपीको पात र दाउरा पाइने गरेको बताउँछन । धुपीको संरक्षण सहित संकलन र प्रशोधन कार्यलाई व्यवस्थित बनाउन सकेको खण्डमा स्थानीयहरुको आम्दानीको मुख्य स्रोत बन्ने थियो, उनले भने,‘ त्यसको लागि स्थानीय सरकारले स्थानीय ऐन बनाउन आवश्यक छ ।’
धुपी दाउराको रुपमा प्रयोग गरेपनि प्रशोधनको लागि भनेर योजनामा उल्लेख छैन । तातोपानी ८ मछाली बुढावाडामा गठित नदै वन उपभोक्ता समितिका सचिव बृर्षबहादुर रावत धुपीलाई कानुनी र सामाजिक रुपमा प्रशोधन गर्ने विकल्प खोजिएको बताउँछन ।
स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गरी आयआर्जन गर्न सकिने अवस्था छ । तिला गाउँपालिकाका प्रशासकीय अधिकृत मीनबहादुर रावल गाउँपालिकाले ऐनको ड्राफ्ट तयार गरेका े बताउँछन । ड्राफ्टलाई कार्यपालिकामा पेस गरेर पास हुने आशामा छौं,उनले भने,‘ ऐन पास भएमा धुपी र देवद्यारका उद्योगहरु स्थापना हुन ढोको खुल्नेछ । ’
यहाँको स्रोतसाधनलाई संरक्षण गर्दै उपभोग गर्ने वातावरण सिर्जन गरेको खण्डमा स्रोत खेर नजाने उनी बताउँछन । अहिले गाउँमा धुपी प्रशोधन उद्योग स्थापनाको माग बढेको छ । स्थानीयले साँझेदारी सहयोग केन्द्र पेस नेपाललाई उद्योग स्थापना गरिदिन आग्रह गरेका छन ।
वैधानिकरुपमा अनुमति भए धुपी प्रशोधन उद्योग स्थापना गर्न सकिने पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपाने बताउँछन । हामीले कार्यक्रम तयार गरेका छौं, अध्यक्ष न्यौपानेले भने,‘ स्थानीय ऐन निर्माण र समुदायको तालमेल मिलेमा तुरुन्तै उद्योग स्थापना गर्न सकिने छ । ’
अनुकुलन कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहयोगमा पेस नेपालद्धारा संचालित क्याप्स कर्णाली परियोजनामा उद्योग स्थापनाको लागि माग भइसकेको छ । गाँउमा धुपी प्रशोधन उद्योगका लागि उद्यमी समुह गठन भइसकेको छ । भीमबहादुरले थपे,‘उद्यमी समुहबाट उद्योग दर्ता गरेर धुपीको पाउडर उत्पादन गरेर बजार सम्म लैजान्छौँ ।’
स्थानीयले जागरुकता देखाए र स्थानीय सरकारले उद्योग स्थापनाको अनुमति दिएपछि धुपि प्रशोधन उद्योग स्थापना गर्न सकिने पेस नेपालका भीमबहादुर सार्की( कसिंगर) ले जानकारी दिए । यो बाट दुरदरामा मात्र नभइ जिल्लाका अधिकांस व्यक्ति समुदायको आम्दानीको स्रोत धुपी नै बन्ने संभावना बलियो छ ।

Next Post

देउता रिसाउँछन भन्ने भ्रमले झाँगिएको छुई प्रथा

७ भाद्र २०७८, सोमबार २३:०२
लक्ष्मी न्यौपाने, महिनावारी (छुइ) हुनु न पाप हो, नत अभिसाभ हो । यो त नियमित प्रक्रिया हो । यो फल लाग्नका लागि फुलेको फुल हो । यो न कसैले बनाइदिएको हो । न त कसैले रोकिदिन नै सक्छ । महिला भएर जन्मेपछि नभै नहुने प्रक्रिया हो, छुई(महिनावारी) । यसलाई सुदुरपश्चिम […]

सम्बन्धित