फोर्सगाडी दुर्घटनाका घाइते भेट्न उर्जामन्त्री श्रेष्ठ प्रदेश अस्पतालमा

  ।   ३१ भाद्र २०७८, बिहीबार १६:४५

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जाविकास मन्त्री दीनबन्धु श्रेष्ठ सवारी दुर्घटनाका घाइते भेट्न कर्णाली प्रदेश अस्पतालमा पुगेका छन । बुधबार भएको फोर्स गाडी दुर्घटनाको घाइते भेटन अस्पताल पुगेका मन्त्री श्रेष्ठले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन ।
उनले दुर्घटनाका घाइतेको अवस्था बारे जानकारी लिए । सुर्खेतबाट जुम्ला तर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी रेडियो नेपाल चोक नजिकै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते १२ जना मध्ये अधिकांस जुम्लाका हुन । घाइतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । उनले भने,‘दुर्घटना हुनु दुखद कुरा हो । अब घाइतेको प्रभावकारी रुपमा उपचार हुनुपर्छ । ’ उपचाररत ६ जना मध्ये ६ महिने बालक आयुष परियार गम्भीर छन । उनलाई आइसियुमा राखेर उपचार भइरहेको छ ।
मन्त्री श्रेष्ठ फोर्स गाडी दुर्घटनामा घाइते भएको खबर सुन्ने वित्तिकै प्रदेश अस्पतालमा पुगेका थिए । घाइतेहरुको अवस्था बुझ्न र उपचारमा सहजीकरण गर्न अस्पताल पुगेको हुँ,मन्त्री श्रेष्ठले भने,‘कर्णाली प्रदेश सरकारबाट घाइतेहरुको प्रभावकारी उपचारका लागि प्रदेश अस्पताल प्रशासन र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइसकको छु । ’
सो अवसरमा मन्त्री श्रेष्ठले घाइतेका आफन्तसंग भेटेर सान्तवना दिएका थिए । बिरामीको उपचारका लागि सरकारले गर्नु पर्ने सबै सहयोग हुन्छ, उनले भने,‘तपाइहरु चिन्ता नलिनुहोला । उनले दुर्घटनाका घाइतेको उपचारमा कर्णाली सरकार संवेदशिल हुने बताए ।

Next Post

विद्यालय खुले,संक्रमणको त्रास हटेन

३१ भाद्र २०७८, बिहीबार १६:४५
पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि जुम्लामा विद्यालय खुलेका छन्। अहिले यहाँका सबै विद्यालय खुलेर पठनपाठन नियमित भइसकेको छ। झण्डै डेढ वर्षदेखि बन्द यहाँका विद्यालय खुलेपछि विद्यार्थी निकै खुसी भएका छन्। कोरोना सन्त्रासका कारण विद्यालय देख्न नपाएका बालबालिकाले लामो समयदेखि विद्यालय जान पाउँदा उत्साहित बनेको अभिभावकहरु बताउँछन्। स्थानीय […]