बालविवाह रोक्न जुट्दै किशोरी

  ।   १० आश्विन २०७८, आईतवार १५:४७

जुम्ला,असोज १०।
जुम्ला सिँजाका किशोरीहरु बालविवाह लगायतका कुरीति जन्य क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन । उनीहरु बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउँछन । बालविवाह रोकथाममा लाग्न आग्रह गर्छन । सिँजा गाउँपालिका ३ की हजारी सार्की बालविवाहले अनेक प्रकारका हिंसा फैलिइरहेको बताउँछिन । उनले भनिन,‘सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुदैन । त्यसैमा बच्चा जन्मन्छ । आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ । शैक्षिक क्रियाकलापमा सहभागि हुन पाउँदैनन । कार्यवोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसावले निकै कमजारे अनुभुति हुनेगर्छ । जसले जीवनभर दुख पाइन्छ । ’
उनी गाउँवस्तीमा बालविवाह बारे जागरण फैलाउँदैछिन । गाउँमा बालविवाहले निम्त्याएको विकिृतका बारेमा अभिभावकलाई बुझाउँछिन । सानै उमेरमा छोरीको विवाह नगर्न र वुहारी नभित्र्याउनको लागि अपिल गर्छिन । उनले भनिन्,‘बालविवाह एकै चोटी अन्त्य गर्न सकिने बिषय होइन । बालविवाहको असर बुझाउँदै जादा आफै हराउँदै जाने बिषय हो । ’
अहिले सिँजाका किशोरी सामुहिक रुपमा समाजमा थुप्रिएर बसेका कुरीतिका बिषयमा आवाज उठाउन थालेका छन । उनीहरु बालहिंसा, बालविवाह, छाउपडी प्रथा,बाल शोषणका बारेमा सचेतना फैलाउँछिन । उनीहरु आफुलाई अब्बल सावित गर्न प्रयासरत छिन ।
उनले देउडाको माध्यमबाट खबरदारी गरिरहेका छन । अन्य क्रियाकलापबाट जुझारु भएको सन्देश दिन चाहन्छन । अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतीजन्य क्रियाकलापमा कमी आएको स्थानीय बताउँछन । स्थानीय साजना चौलागाइले पुस्ता बदलिदै जादा सोच विचारमा परिवर्तन हुदै आएको आभाष हुन थालेको बताउँछिन ।बाजे पुस्ता अहिले पनि छाउपडी प्रथालाई मान्ने बताउँछन । बालविवाह गर्दा फरक पर्दैन भन्ने मान्यता राख्छन । बुबा पुस्ताले अब समय संगै परिवर्तन हुदै जानु पर्ने धारणा राख्न थालेका छन । छोरा पुस्ता अहिलेको सबै विकृतिजन्य क्रियाकलापको अन्त्य चाहन्छन ।
पुस्ता बदलिदै जादा समाजमा जरा गाडेर बसेका कुरीति जन्य क्रियाकलापमा पनि सुधार हुदै जान थालेको छ । अहिले गाउँमा छाउगोठ मुक्त अभियान चलेका छन । पहिले गोठको एक कुनामा बसेर गाइवस्तु संग रात विताउन वाध्य महिला अहिले घरको एक कुनामा सुरक्षित बस्न थालेका छन । पहिले पेटमै हुँदा छोरी दिने चलन हटेको छ । बाल शोषणका क्रियाकलापमा कमि आएको छ । साजनाले भनिन्,‘अव समाजमा सचेतना पुगिसकेको छ । कानुनका कुरामा कडाइ गर्न जरुरी छ । अहिले सम्म जनचेतना भयो । अब कानुनी प्रक्रिया पनि निकै कडाका साथ अघि बढाउनुपर्छ । यी सबै खाले विकृति पुर्ण रुपमा अन्त्य हुनेछन । ’
पहिले देउता रिसाउँछन भन्ने डरले छाउ भएको समयमा महिला घरमा बस्दैनथ्ये । अहिले धामी झाँक्री नै घरमा बस्न सुझाव दिन्छन । पहिले सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने थियो । अहिले उमेर नपुगि विवाह गर्न मिल्दैन भन्न थालिएको छ । पहिले बालबालिकालाई काममा जोताउने प्रचलन थियो । अहिले विद्यालयमा नपढाइकन सुख सुविधा पाउँदैनन भन्ने सन्देश फैलिएको छ । यो निकै सुखद पक्ष हो,साजनाले भनिन्,‘समाजको सोच बदल्न हामी किशोरी लागि परेका छौँ । अब सबैले साथ सहयोग गर्नुपर्छ । सभ्य समाज निर्माण अवश्य हुनेछ । ’
उनीहरुले बालविवाह रोक्न जनप्रतिनिधि गैरजिम्मेवार बनेको आरोप लगाउँछिन । जनप्रतिनिधि नै बालविवाह गरेको भोजभतेरमा जाने गरेका छन । बालविवाह रोक्न कुनै प्रक्रिया अपनाउँदैनन । गाउँमा बालविवाह बढ्दा कुनै चासो राख्दैनन । स्थानीय चन्द्रबहादुर रोकायाले भने,‘आफै कानुन बनाएर शासन गर्न सक्ने अधिकार पाएको गाउँका सिंहदरवारले पनि सामाजिक विकृति रोक्न कुनै चासो देखाएनन । यो बिडम्वना हो । ’
सिँजाका किशोरीहरु खेलकुदका क्रियालकपमा अग्रसर हुन थालेका छन । उनीहरु कला,कला र प्रतिभाका माध्यमबाट समाजलाई माथि उकास्न चाहन्छन । प्लान नेपालको आर्थिक सहयोग तथा क्याड नेपालको साँझेदारीमा विकृतिजन्य क्रियाकलाप रोकथाम तथा नियन्त्रण सम्बन्धिका प्रशिक्षण तालिम सञ्चालन भएपछि यहाँका किशोरी समाजको नेतृत्व दावी गर्न थालिसकेका छन । हजारीले भनिन्,‘अब यो समाज परम्परागत रुढीबादी मानसिकता भएकाले चलाउने होइन । अब नयाँ बिचार, नयाँ सोच र नयाँ नयाँ अनुभव बटुलेकाले मात्र चलाउन सक्छन । यो उदाहरण हामी दिन चाहन्छौँ । ’
अहिले बढ्दो प्रविधिकको प्रयोगले समस्या ल्याएको उनीहरुको निष्कर्ष छ । पहिले मागेर बालविवाह हुन्थ्यो,अहिले प्रविधिको दुरुपयोग गरेर भागेर विवाह गरिन्छ । स्थानीय सरस्वती खत्रीले भनिन,‘प्रविधिको बढ्दो दुरुपयोगलाई नियन्त्रण गर्ने नीति सरकारले ल्याउनुपर्छ । समाज आफै सभ्य बन्नेछ । ’ जुम्लाका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा सामाजिक विकृति विरुद्धको अभियान शुरु भएको छ ।
अहिले गाउँवस्तीमा किशोरीको सक्रियता बढेपछि कुरीति जन्य क्रियाकलाप न्युनिकरण भएका छन । उनीहरुल उमेर नपुग्दा सम्म विवाह नगनेए अडान अभिभावक बिचमा गर्न थालेका छन । उमेर नपुग्दै विवाह गर्नु जीवनको वर्वादी मात्र हो । आर्थिक सामाजिक, शारीरिक हिसावले कमजोर हुनु हो । साजनाले भनिन्,‘परिपक्क उमेरमा विवाह गरौँ । परिपक्क सन्देश छरौँ भन्नेतिर लागेका छौँ । ’
किशोरी सक्रिय हुन थालेपछि विकृति भाग्न थालेको आभाष भइरहेको छ ।

Next Post

कर्णाली प्रदेशसभामा पहिलो पटक ‘गैरसरकारी विधेयक’ दर्ता

१० आश्विन २०७८, आईतवार १५:४७
सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि कर्णाली प्रदेशसभामा विधेयक दर्ता भएको छ। जुम्लाबाट निर्वाचित सांसद नरेश भण्डारीले आइतबार कर्णाली प्रदेशसभामा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता गराएका हुन्। सिंजा सभ्यताको संरक्षण गर्दै एतिहासिक, सांस्कृतिक, सामाजिक, पुरातात्विक, धार्मिक एवम् भाषिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पकट प्रदेशसभामा गैरसरकारी विधेयक […]