पछिल्लो चौबीस घण्टामा ४३० संक्रमित थपिए, पाँचजनाको मृत्यु

  ।   २८ पुष २०७७, मंगलवार १६:४५

पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार तीन सयजनाको पीसीआर गरिएकामध्ये ४३० जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६५ हजार ६ सय ९८ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा ३९० जना निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५९ हजार ३ सय ५८ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २३७ जना छन् भने चार हजार चार सय आठजना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Next Post

अदालतमाथि चाप र दबाब

२८ पुष २०७७, मंगलवार १६:४५
मोहन दाहाल प्रतिनिधिसभा विघटनअघिसम्म एउटै डुंगामा सवार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचका द्वन्द्वको घनचक्करमा प्रतिनिधिसभा त पिसिएको छ नै; त्योभन्दा बढी थेग्न र धान्न नसकिने चाप तथा दबाब सम्मानित सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि परिरहेको छ। सडक र भीडबाट अदालतको चेत, विवेक र क्षेत्राधिकारमाथि निर्देशन र नियन्त्रण […]