जेष्ठ नागरिक दिवस : कर्मचारी र जनप्रतिनिधिबाटै उपेक्षित

  ।   १५ आश्विन २०७८, शुक्रबार १९:४०

जनप्रतिनिधि र कर्मचारी जेष्ठ नागरिक प्रति जिम्मेवार हुन सकेका छैनन । समयमै सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन सक्दैनन । जेष्ठनागरिकको गुनासा संवोधन गर्न इच्छुक छैनन । न जेष्ठ नागरिकको गुनासो सुन्छन,नत जेष्ठनागरिक प्रोत्साहन कार्यक्रम ल्याउन सकेका छन,जेष्ठनागरिक नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले भने,‘उल्टै दुख दिने नियत राख्छन । यो गाउँका सिंहदरवारको निकै ठुलो कमजोरी हो । ’
उनले निशुल्क उपचार सेवा र आरक्षणसहितको छुट यातायात सेवा पाउन नसकेको बताए । नेपालको संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हकहित र अधिकार कार्यान्वयनमा स्थानीय तहको कमजोरी छ, उनले भने,‘ कुनै कार्यालयमा गुनासो लिएर जाँदा सम्बोधन हुदैनन । कर्मचारी र जनप्रतिनिधि माग्न आएको जस्तो व्यवहार देखाउँछन । जसले जेष्ठ नागरिकलाई निरुत्साहित बनाउँछ । ’
निःशुल्क स्वास्थ्य उपचार, आरक्षण सीट सहितको यातायात सेवामा छुट, सहज बैङ्किङ सेवा, स्वास्थ्य बीमा लगायतका धेरै सेवा जेष्ठ नागरिक मैत्री छैनन । यी सेवाबाट बञ्चित हुने गरेको उनीहरु बताउँछन ।
अस्पतालमा निःशुल्क उपचार, यातायातमा ५० प्रतिशत छुट, निःशुल्क स्वास्थ्य बीमा लगायतका ज्येष्ठ नागरिकका अधिकार कुण्ठित हुन पुगेका छन । उनले भने,‘राज्य जेष्ठ नागरिक प्रति उत्तरदायी जस्तो देखिन्छ । तर राज्यका तल्ला तहका संयन्त्र बेखबर जस्तै लाग्छन । हकहित अधिकार कार्यान्वयनमा ढिलासुस्ती भइरहेको छ । कुनै निकायमा जाँदा मगन्तेजस्तो व्यवहार गर्ने हुन्छ । ’
जुम्लाका एक नगरपालिका सहित ७ गाउँपालिका छन । यी गाउँका सिंहदरवार हुन । गाउँमा सिंहदरवार जेष्ठ नागरिक प्रति उदासिन छन । यहाँका आठै स्थानीय तहले जेष्ठ नागरिकलाई वेवास्था गरेको तातोपानी गाउँपालिका ६ खड्कवाडाका ज्येष्ठ नागरिक दल बहादुर खड्काले बताए । उनले भने,‘भाषणमा जेष्ठ नागरिक अमुल्य सम्पति हुन भन्ने व्यवहारमा जेष्ठ नागरिक उपेक्षित हुने अवस्थाले चिन्तित बनाएको छ । उपचार गर्दा अस्पताल, यात्रा गर्दा सार्वजनिक सवारी साधन, बैङ्कमा लगायत सबै क्षेत्रमा ज्येष्ठ नागरिक अपहेलित हुने गरेका छौँ । ’
बर्ष दिनमा आउने जेष्ठनागरिक दिवसका अवसरमा दोसल्ला, टोपी लगाइदिएर हर्लिक्स दिएर औपचारिकता निभाउने गर्छन । व्यवहारमा अपहेलित गर्छन,चन्दननाथ नगरपालिका १ का दयादत्त हमालले भने,‘जेष्ठ नागरिकलाई बोझ ठानिन्छ । यो स्वीकार्य हुदैन । ’ सबै बालबालिका,किशोर,किशोरी,युवा युवती हुदै जेष्ठ नागरिक हुने भएकोले अहिलेको पिढीले ध्यान दिनु पर्ने उनी बताउँछन ।
जेष्ठ नागरिक डाँडा माथिका जुन बेल जस्तै हुन । उनले भने,‘उनीहरुको सम्मान गर्नुका साथै भरोसा बनिदिनु अहिलेको अनिवार्य आवश्यकता हो । ’
ज्येष्ठ नागरिकले यातायातमा पाउने ५० प्रतिशत छुटदेखि निःशुल्क उपचार, निःशुल्क स्वास्थ्य बीमा सहज बैङ्किङ सेवा लगायतका कानूनी प्रक्रियालाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा सरोकारवाला एकजुट हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत धनराज शाहीले जोड दिए । उनले भने,‘जेष्ठ नागरिक सेवालाई छिटो,छरितो र प्रभावकारी बनाउनुपर्ने देखिन्छ । ’
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जेष्ठ नागरिकका लागि संविधान प्रदत्त अधिकार कार्यान्वयन हुने विषयमा सवै जिम्मेवार हुनु पर्ने बताईन । उनले भनिन् ‘ यसमा सवै सरोकारवाला निकाय आफ्नो भुमिकामा जिम्मेवार हुनुको विकल्प छैन । जेष्ठ नगारिक प्रोत्साहन र सम्मान कार्यक्रममा जोड दिनुपर्छ । ’
जेष्ठ नागरिकका लागि राज्य जिम्मेवार हुनु पर्ने कर्तव्य छदैँछ । तर आफ्ना जेष्ठ नागरिक आमा बाबुप्रति छोरा छोरी पनि त्यतिकै जिम्मेवार हुनु पर्ने देखिएको छ । उनले थपिन,‘ देश तथा जिल्ला भर बृद्धाआश्रम बनाउनु राम्रो होइन । बाबु आमालाई बृद्धाआश्रम छोड्ने र कर्तव्यबाट बञ्चित हुने छोराछोरीलाई कारवाही गर्नुपर्दछ । छोराछोरी विदेश हुने बाबु आमा बृद्धाआश्रममा हुने संस्कारलाई निरुत्साहित गर्नु अहिलेको आवश्यकता हो । ’
चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवालले जेष्ठ नागरिकको सेवा प्रति सधै जिम्मेवार पुर्वक काम गर्दै आएको दाबी गरिन । उनले भनिन्‘गत बर्षको सामाजिक सुरक्षा भत्ता संघीय सरकारबाटै निकास ढिला आएकोले ८ महिनाको एकमुष्ट वितरण गरिएको हो । यसबर्ष त्यस्तो हुने छैन । समयमै पहल गरेका छौँ । जेष्ठ नागरिकको सम्मान र प्रोत्साहनका लागि सदैव तत्पर छौँ । ’

Next Post

रंगशालाविहीन खेलकुद अभ्यास

१५ आश्विन २०७८, शुक्रबार १९:४०
किर्तिमानी धावक हरीबहादुर रोकायाको वर्षौं देखिएको चाहना हो, ‘जुम्लामा एक रंगशाला। खेलाडीले सहजै रुपमा खेलकुद अम्यास गर्न पाउन्। खेलकुद प्रतियोगिता पटकपटक आयोजना होस्। खेलाडीको वृद्धि विकासमा सहयोग पुगोस्।’ तर वर्षौं देखिको उनको त्यो चाहना पूरा हुन सकेको छैन। अहिले पनि उनी हिलाम्य घाँसे मैदानमा खेलकुद अभ्यास गराउन बाध्य छन्। खेलकुद […]

सम्बन्धित