कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिर सजावटमा सेना

  ।   १६ आश्विन २०७८, शनिबार १८:४४

कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको सजावटमा नेपाली सेना जुटेको छ । दसैँ नजिकिदै गर्दा मन्दिरको लिपपोत,सजावटमा सेना जुटेको हो । यो धार्मिक पर्यटनको केन्द्र हो । दसैँमा टाढाटाढा देखि भक्तालुहरु आउने भएकोले मन्दिरलाईए चिटिक्क बनाउन थालिएको चन्दननाथ भैरवनाथ गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायतले जानकारी दिए ।
उनले भने,‘मन्दिरको सजावट र सरसफाई सेनाले गर्दै आएको छ । जसले गर्दा मन्दिरको शोभा बढेको छ । ’ हरेक महिनाको पहिलो सोमबार मन्दिरको सरसफाइ हुने गरेको उनले बताए ।
नेपाली सेनाको नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाबाट सेना आउने गर्छन । मन्दिरलाई गाह्रो पर्दा सेनाले सघाउने गर्छ । उनले भने,‘परम्परागत संस्कृति जोगाउन सेनाको भुमिका निकै अतुलनीय छ । यो कर्णालीबासीले महिमा गान गाउँछन ।’
नन्दाबक्स गणका उपसेनानी सन्तोष केसी पछिल्लो समयमा नेपाली सेना धार्मिक पर्यटन प्रर्वद्धनमा जुटेको बताउँछन । उनले भने,‘मन्दिर यहाँको पहिचान हो । मन्दिरको शोभा बचाइराख्नु पनि दायित्व हो । त्यो दायित्व नेपाली सेनाले पुरा गरेको मात्र हो । ’
मन्दिरको सजावटमा १३ जना सेना परिचालन गरिएको छ । यसअघि फुलका गमला राख्ने देखि मन्दिर आसपासको क्षेत्र सफा गर्ने काम नेपाली सेनाले गरेको थियो ।
मन्दिरमा चामल ३० केजी,दाल ५ केजी,तेल पाँच लिटर,चिनी ५ केजी,चियापत्ति २ केजी,मरमसला, विस्कुत गरेर ५ पेटी मन्दिरमा दिने गरेको छ । मन्दिरमा बस्ने पुजारी र अन्य कर्मचारीलाई सहज होस भनेर सेनाले आवश्यक खाद्यन्न समेत दिने गरेको हो ।
धार्मिक स्थलको मर्मतमा सेनाले गरेको भुमिका प्रसंसनीय छ । मन्दिरको सजावटमा सेना लागेको देख्दा स्थानीय चकित छन । सेना ब्यारेक बाहिर निस्कन पाउँदैनन भन्ने भ्रम छ । अहिले सेना जनसरोकारका बिषयमा प्रत्यक्ष लागेर काम गरिरहेको छ ।
धार्मिक पर्यटनको बलियो आधार चन्दननाथ मन्दिर भएकोले धार्मिक पर्यटन आकर्षण गर्नको लागि भएपनि सेना सजावटमा खटिएको हो । गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायतले भने,‘नेपाली सेनाले कर्णालीको धार्मिक पर्यटनमा देखाएको चासो निकै राम्रो छ । मन्दिरको लिपपोत देखि लिएर सजावट सम्मको काम पनि सेनाले गरेको छ । यो राम्रो कार्य हो । ’

Next Post

पातारासीका कोभिड प्रभावितलाई राहत

१६ आश्विन २०७८, शनिबार १८:४४
जुम्लाको पातारासी गाउँपालिकाका कोभिड प्रभावितलाई राहत वितरण गरिएको छ । पातारासीका ४० प्रभावित घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो । प्रति परिवार एक बोरा चामल, साढे २ केजी दाल,दुई लिटर तेल,एक पोका नुनर र एक केजी चिनी प्रदान गरिएको थियो । कोभिड प्रभावित लाई सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै […]