पातारासीका कोभिड प्रभावितलाई राहत

  ।   १८ आश्विन २०७८, सोमबार १९:२६

जुम्लाको पातारासी गाउँपालिकाका कोभिड प्रभावितलाई राहत वितरण गरिएको छ । पातारासीका ४० प्रभावित घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
प्रति परिवार एक बोरा चामल, साढे २ केजी दाल,दुई लिटर तेल,एक पोका नुनर र एक केजी चिनी प्रदान गरिएको थियो । कोभिड प्रभावित लाई सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए । कारीतास जर्मन,कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्र्तगत खाद्यन्न सामाग्री सहयोग गरिएको हो ।
गाउँपालिकाले कोभिड प्रभावितको सुचीमा राखेका परिवारलाई राहत प्रदान गरिएको हो । गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले राहत वितरण गर्दै थोरै भएपनि कोभिड प्रभावितको परिवारमा यो राहतले मलहम पट्टीको काम गर्ने बताइन् । उनले भनिन्,‘कोरोना सामुहिक समस्या थियो । कुनै एक व्यक्तिले गर्दैमा रोकिने अवस्था थिएन । यो बीचमा धेरै परिवार प्रभावित बने । तर अति विपन्न परिवार छानेर राहत दिएको हो । ’
सवैभन्दा विपन्न ज्यालामजदुरी गरेर खाने,अपाङ्गता भएका व्यक्ति,एकल महिला छानेर राहत दिइएको हो । उनीहरुलाई यो राहत सामाग्रीले ठुलो राहत मिल्ने अपेक्षा रहेको उपाध्यक्ष महताराले बताइन । पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले प्रभावितको सुची गाउँपालिका संग समन्वय गरेर राहत उपलब्ध गराएको बताए । उनले भने,‘कोरोना महामारीका कारण सबै प्रभावित बने । तर सबैभन्दा बढि प्रभावित छनौट गरेर राहत दिइएको छ । ’
कोरोना संक्रमण फैलन नदिन लामो समय जिल्लामा निषेधाज्ञा चल्यो । त्यो बेला ज्यालामजदुरीका काम हुन सकेनन । घरमै थन्किएर बस्दा आम्दानीको स्रोत गुम्यो । उनले भने,‘अहिले हातमुख जोड्न पनि कठिन भएको छ । यो अवस्थामा दिइएको खाद्यन्न सामाग्रीले निकै ठुलो महत्व राखेको छ । ’ कोरोनाबाट प्रभावित ताराबहादुर बोहोराले भने,‘यो राहतले एक महिना सम्म गुजारा चल्ने बताए । उनले भने,‘कोरोनाले कतै चल्न दिएन । आमदानीको स्रोत नै बन्द भए । अन्नवालीमा रोग किराको संक्रमण पनि देखियो । ठिक यही समयमा दिइएको राहतले ठुलो काम गर्ने छ ।’कोरोना प्रभावितलाई केन्द्रीत गरेर राहत बाँडेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन ।
राहत वितरणका क्रममा उपस्थित प्रभावितलाई घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न,सेनिटाइजर प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको थियो ।

Next Post

सामुहिक खर्क संगै २५ पाठापाठी जले

१८ आश्विन २०७८, सोमबार १९:२६
जुम्लाको हिमा गाउँपालिकाको पाटनमा रहेको सामुहिक खर्कमा आगलागी भएको छ । आगलागीबाट २५ पाठापाठी जलेर नेष्ट भएका हुन । दिउँसो भेडाबाख्रा चराउनको लागि बनतिर लिएको र पाठापाठी खर्कभित्र राखेको अवस्थामा खर्कमा आगलागी भएको थियो । हिमा गाउँपालिका २ को लेकमा सामुहिक खर्क निर्माण गरेर भेडापालन गरिएको थियो । आगलागीबाट २५ […]

सम्बन्धित