सामुहिक खर्क संगै २५ पाठापाठी जले

  ।   १९ आश्विन २०७८, मंगलवार १९:४६

जुम्लाको हिमा गाउँपालिकाको पाटनमा रहेको सामुहिक खर्कमा आगलागी भएको छ । आगलागीबाट २५ पाठापाठी जलेर नेष्ट भएका हुन । दिउँसो भेडाबाख्रा चराउनको लागि बनतिर लिएको र पाठापाठी खर्कभित्र राखेको अवस्थामा खर्कमा आगलागी भएको थियो ।
हिमा गाउँपालिका २ को लेकमा सामुहिक खर्क निर्माण गरेर भेडापालन गरिएको थियो । आगलागीबाट २५ पाठापाठी मरेको किसान बीरबहादुर शाहीले जानकारी दिए । उनले भने,‘सबै भेडा चराउनको लागि बनतिर निस्किएका थिए । खर्कमा कोही थिएनन । ठीक त्यही समयमा आगलागी भएछ । पाठापाठी त जलेर नष्ट भइसकेका थिए । ’
खर्क पुरै जलेर नष्ट भइसकेको छ । पाठापाठी संगै २० बढी राडीकम्बल, लत्ताकपडा र भाडाकुँडा जलेका हुन । दत्तबहादुर शाहीका ३,धनबहादुर रोकायाका ३ सहित १२ जना किसानका २५ पाठा जलेका हुन । उनले भने,‘२५ पाठापाठी जल्नु किसानका लागि निकै दुखको बिषय हो । किसानले आगलागीबाट भएको क्षतिको विवरण बड्की प्रहरीचौकीलाई जानकारी गराइसकेको शिक्षक खाम्बा शाहीले जानकारी दिए ।
उनले भने,‘किसान शोकमा छन । खर्क पुरै जलेपछि ओत लाग्ने ठाउँ पनि छैन । खुला आकाशमा दैनिकी विताउन बाध्य छन । ’ समुन्द्री सतह देखि झण्डै ४ हजार मिटर उचाइमा खर्क निर्माण गरि भेडा पालन गरिएको थियो । अत्यधिक चिसो बढिसकेको र सामुहिक खर्क जलेर नष्ट भएपछि किसानलाई निकै दुख भएको छ ।

Next Post

विश्व मानसिक दिवसमा मानसिक स्वास्थ्यका बारेमा छलफल

१९ आश्विन २०७८, मंगलवार १९:४६
असमानता हटाउन आवश्यक छ सबैको साथ, योगदान सुलभ समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’ भन्ने नाराका साथ जुम्लामा विश्व मानसिक दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, […]

सम्बन्धित