खेलकुदमय हियाखोला

  ।   २४ आश्विन २०७८, आईतवार १९:५४


जुम्लाको तातोपानी गाउँपालिकाको हियाखोला खेलकुदमय बनेको छ । समाज चेतना युवा क्लब हियाखोलाको आयोजनामा पाँच विधाका खेलहरु शुरु भएका हुन ।
भलिबल,रस्सी कसाकस,घैटोफोड,बम्पर उपहार र दोहोरी लगायतका प्रतियोगिताको आयोजना गरिएको हो । भलिबल खेलमा १० जना टिम सहभागी छन । क्लबका अध्यक्ष हरिवहादुर कामीले दसैं तथा तिहारको अवसरमा प्रथम जिल्ला स्तरीय विभिन्न खेलहरु संचालन गरिएको बताए ।
खेलको उद्वघाटन तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गरेका थिए । उनले खेलाडीलाई अनुशासन पुर्वक खेल खेल्न आग्रह गरे । केही वर्षयता जिल्लाको ग्रामीण क्षेत्रमा खस्कँदै गएको भलिबल खेलको लोकप्रियता पछिल्लो समय फेरि बढ्न थालेको छ, उनले भने,‘भलिबल पहिलेदेखि नै सबैले रुचाएको खेल हो । बीचमा केही समय सुस्तता आएको थियो । अहिले जिल्लाका ग्रामीण क्षेत्रमा समेत भलिबल खेलको आकर्षण बढ्दै गएको छ । यो निकै राम्रो प्रयास हो ।’
उनले स्थानीय सरकारले खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेको प्रतिक्रिया दिए । ग्रामीण क्षेत्रमा लुकेर रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै समग्र खेल क्षेत्रकै विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष न्यौपानेले बताए ।
उनले भने ‘खेल क्षेत्रको विकास गर्नु स्थानीय सरकारको दायित्व पनि हो । यता तातोपानी गाउँपालिका ६ का वडाध्यक्ष विशाल खड्काले खेल स्वस्थ नागरिकका लागि आवश्यक भएको बताए । खेलाडी राज्यका हस्ती हुन । नेपाल पत्रकार महासंघ जुम्लाका पुर्व केन्द्रीय सदस्य पुणर्प्रसाद चौलागाइले भने,‘राज्यको ध्यान कुनै पनि खेलमा पुगेको छैन ।’ खेल स्वास्थ्यका लागि राम्रो हुने भएकोले इमान्दारीताका साथ खेल प्रदर्शन गर्नु पर्नेमा जोड दिए ।
भलिबल खेलमा बिजेतालाइ ४० हजार रुपैयाँ, उपविजेतालाई २० हजार रुपैयाँ प्रदान गरिने भएको छ । दोहोरी प्रतियोगितामा प्रथम हुने टीमलाई ८ हजार रुपैयाँ, दोस्रो हुने टीमलाई ५ हजार रुपैयाँ, रसी तानातानमा प्रथम हुनेलाइ ८ हजार रुपैयाँ र घैटोफोडमा पहिलो हुनेलाइ मोवाइल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । तातोपानी गाउँपालिका ६ हियाखोलामा रहेको कालिका आधारभुत विद्यालयको मैदानमा खेलकुद प्रतियोगिता भइरहेको छ ।

Next Post

गाउँगाउँमा सडक पुग्दा सहज

२४ आश्विन २०७८, आईतवार १९:५४
जुम्लाको हिमा गाउँपालिका भित्रका सबै गाउँमा सडक पुगेको छ। अहिले गाउँमै दैनिक उपभोग्य वस्तु लिएर मालबहाक सवारीसाधन पुग्ने गरेका छन्। सबै क्षेत्रमा सडकको पहुँच पुग्दा निकै सहज भएको स्थानीय बताउँछन्। गाउँपालिका भित्रका २८ वटा गाउँमा दुई गाउँमा मात्र सडक पुग्न सकेको छैन। ती दुई गाउँमा सडक जोड्न यो वर्ष एक […]