जुम्लामा १ किलो मासुको १ हजार रुपैयाँ

  ।   १ कार्तिक २०७८, सोमबार १५:५६

यो पटकको दसैँमा जुम्लाका भेडा व्यापारी प्रेम कार्कीले बाजुरा जिल्ला देखि भेडा खरिद गरेर ल्याए । पहिले जुम्लाका स्थानीय भेडा ल्याएर दसैँमा भेडाको ब्यापार चलाउदै आएका उनी यो पटक बाजुरा पुगे । उनले भने,‘जुम्लामा भेडाबाख्रापालन निकै घटेको देखियो । पछिल्लो समयमा भेडाबाख्रामा जुम्ला परनिर्भर बन्न लागेको आभाष भयो । ’
विगत वर्षभन्दा अहिले भेडाबाख्रापालन निकै घटेको स्थानीय बताउँछन । भेडाबाख्राको उत्पादन घट्दो अवस्थामा छ । मासु खाने संख्यामा बृद्धि हुदै गएको छ । उनले भने,‘व्यवसायिक भेडाबाख्रापालन नहुँदा यो बर्षको दसैंँ जुम्ली भेडा बजारमा आउन सकेनन । ’
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले यो बर्षको दसैंमा भेडाको कारोबार निकै महंगो देखिएको बताए । उनले भने ‘दसैँका लागि जुम्लामा भित्रिएका भेडा-च्यांग्राको मूल्य न्यूनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ थियो । यो मुल्य अहिले सम्मकै उच्च हो । ’
यो बर्ष जुम्लाका किसानले उत्पादन गरेका भेडाबाख्रा निकै कम मात्रमा बजार भित्रिए । जाजरकोट र बाजुरादेखि ल्याएका भेडा बढि थिए । यहाँका व्यापारी भेडाबाख्रा खरिदका लाग बाजुरा र जाजरकोट जिल्लामै पुगे । भेडा ब्यापारी कृष्णबहादुर बुढा जुम्लामा भेडा नपाएपछि अनेत्र जिल्ला पुगेको बताउँछन । जुम्लामा मासुको माग बढ्दै जानु र उत्पादन कम हुनुले भेडाको मूल्य आकासिएको उनले बताए ।
अहिले जुम्लामा १ किलो मासुको १ हजार रुपैयाँ पर्छ ।’ मासु र दुधमा आत्मनिर्भर बनाउन थुप्रै सरकारी कार्यक्रमहरु छन । कणर्ाली प्रदेश सरकारले जुम्लालाई मासु र दूधमा आत्मा निर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रम दिँदै आएको छ । न भेडाबाख्रापालन राम्ररी चलेको छ । नत अनुदानका लागि आएको रकम सदुपयोग नै भएको छ । उल्टै अनुदानका नाममा सरकारी रकमको दुरुपयोग गर्ने क्रम बढिरहेको छ ।
अनुदानको रकम पचाउने प्रबृत्तिका कारण पशु वस्तु क्षेत्रको उत्पादन भनेअनुसार वृद्धि नभएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए । उनले भने, ‘अनुदान दिइएपनि त्यसपछि अनुगमन हुँदैन । सरकारले दिने अनुदानका कार्यक्रममा कडा निगरानी हुन आवश्यक छ ।’ उनले कुनै भेडा जुम्ला भेडाबाख्रापालनको अखडा क्षेत्रका रुपमा गनिएको थियो ।

यहाँका भेडा कणर्ालीका विभिन्न जिल्लामा निर्यात हुन्थे । तर अहिले यहाँको भेडाले पुग्दैन । बाहिर जिल्ला देखि भेडा ल्याएर कणर्ालीमा दसैँ मनाउनु पर्ने बाध्यता छ । यो वर्ष बाहिर जिल्लाबाट जुम्लामा आवश्यकताभन्दा बढी भेडा भित्रिए । ‘विगतका दसैँमा भेडा पाउन नागरिकलाई मुस्किल हुने गरेको थियो । तर, यो वर्ष धेरै भेडा भित्रिए’, उनले भने, ‘मूल्य पनि गत बर्षहरुको तुलनामा ३०-४० प्रतिशत बढेको छ । अहिले जुम्लामा जिउँदो खसीको मूल्य प्रतिकेजी १ हजार रुपैयाँ छ । सोही कारण मूल्य नियन्त्रणभन्दा बाहिर छ ।’
भेडा तथा खसीको मूल्य निर्धारण गर्ने अधिकार स्थानीय तहसँग छ । स्थानीय तह मौन छ । न भेडापालन तिर किसानको ध्यान केन्द्रीत गर्न सकेको छ । नत मासुजन्य वस्तुको मुल्य नै निर्धारण गर्न सकेको छ । जसका कारण मनपरी मुल्यमा भेडाबाख्राको कारोबार भइरहेको छ ।
संघीय व्यवस्था कार्यन्वयन नहुनु अघि जुम्लामा पशु सेवा कार्यालयले भित्रिएका भेडा तथा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने गरेको थियो । रोगी रहेको पाएपछि सिङमा रातो रङ लगाएर नबेच्न सुझाइन्थ्यो । अहिले स्वास्थ्य परीक्षणबिनै बेचिने गरेको छ ।
व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी-बोका ओसारपसार गर्न, मूल्य अनियन्त्रित नगर्नसमेत निर्देशन दिने निकाय बेखबर छ । यो बर्ष भेडाबाख्राको मुल्य मनपरी भएको स्थानीय भैरव धराला बताउँछन ।
उनले भने,‘बजारमा भित्रिएका एकै साइजका भेडा फरक फरक मुल्यमा बिक्रि भएका थिए । जुम्ला भेडामा परनिर्भर बन्दै गएको अनुमान यो पटक दसैँमा भित्रिएका भेडाबाख्राको अवस्थाले चित्रण गरिसकेको छ ।’ जुम्लामा भित्रिएका यो वर्षका भेडा सामान्य नागरिकले किन्न सक्ने अवस्था भएन । उनले किसानलाई भेडाबाख्रापालनलाई व्यवसायिक रुपमा अघि बढाउनको लागि पहल गर्न तीनै तहको सरकारलाई आग्रह गरे ।

Next Post

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

१ कार्तिक २०७८, सोमबार १५:५६
मन्त्रिपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो। त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरुलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम […]