प्रधानमन्त्रीले प्रतिगमनको बाटो रोजे : मुख्यमन्त्री शाही

  ।   २८ पुष २०७७, मंगलवार १७:४८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाका नेता महेन्द्रबहादुर शाहीले आफूहरु चुनावसँग नडराएको तर प्रधानमन्त्रीको नियतमाथि नै शंका भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीलले चुनाव गर्नका लागि भन्दा पनि निरंकुशता लाद्न संसद विघटन गरेको भन्दै उनले भने– दुई वर्ष कार्यकाल बाँकी हुँदै अर्को चुनाव गर्नुपर्ने कारण नै थिएन ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानलाई कुल्चेर प्रधानमन्त्री ओलीले प्रतिगमनको बाटो रोजेको बताए ।

शाहीले भने– देशलाई स्थायीत्व र विकास दिन्छौं भनेर दुई तिहाईको सरकार बनाएका थियौं । तर प्रधानमन्त्रीका सनकका कारण प्रतिनिधिसभा विघटन भएको छ । यसले मुलुकलाई गम्भीर मोडमा पुर्याएको छ ।

Next Post

लक्ष्मीकन्या बुढाको लेख संग्रह ‘मुक्ति अभियान’ सार्वजनिक

२८ पुष २०७७, मंगलवार १७:४८
सशस्त्र द्वन्द्वका क्रममा १३ वर्षको उमेरमा भूमिगत भएकी लक्ष्मीकन्या बुढाको लेख संग्रह ‘मुक्ति अभियान’ विमोचन भएको छ। मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमकाबीच नेकपा नेतृ पम्फा भुसालले उक्त पुस्तकको विमोचन गरेकी हुन्। जुम्लाको गोठीचौर गाउँपालिकामा जन्मिएकी ३२ वर्षीय लक्ष्मीकन्याले आफ्नो तेस्रो कृतिका रूपमा ‘मुक्ति अभियान’ ल्याएकी हुन्। पुस्तकमा महिलामाथि हुने उत्पीडन, […]