हुम्लाको खार्पुनाथमा घर पुरिँदा ६ जना बेपत्ता

  ।   ३ कार्तिक २०७८, बुधबार ०७:४४

हुम्ला — वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ६ जना बेपत्ता भएका छन् । खर्पेलगाउँस्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति पहिरो खसेको हो ।

पहिरोमा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका छन् । घरपछाडिबाट आएको पहिरोले पुरिएर एकै घरका ६ जना बेपत्ता भएको स्थानीय स्थानीय हर्क शाहीले जानकारी दिए । रातिको समय भएकाले उद्धारमा कठिनाइ भएको उनले बताए ।

वर्षाका कारण सदरमुकाम सिमकोटबाट राति सुरक्षाकर्मी घटनास्थल पुग्न सक्ने अवस्था नरहेको र घटनास्थलनजिकैको याङ्चु प्रहरी चौकीसँग वर्षाकै कारण सम्पर्क हुन नसकेकाले बिहान मात्र संयुक्त सुरक्षा टोली पठाइने हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए ।

Next Post

बाढीले गाँस खोस्यो

३ कार्तिक २०७८, बुधबार ०७:४४
जुम्ला तिला गाउँपालिका ४ का कर्णबहादुर हमालको बाढीले घर बगायो। उनी अहिले ओढारमा बसिरहेका छन्। बाढीले ६ मुरी खेत कटान गरेको थियो। नजिकैको खेतमा लहलह धान झुलिरहेका थिए। भर्खर धान पाकेर काट्ने समय आएको थियो। बाढीले बगायो। अहिले उनको गाँस पनि खोसिएको छ। बास पनि बगाएको छ। उनले भने, ‘म […]