प्रधानमन्त्री कर्णाली नपुगेकोमा सांसद महतको आक्रोश

  ।   ७ कार्तिक २०७८, आईतवार १८:३८

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढिपहिरो प्रभावित कर्णाली प्रदेशका जिल्लाको स्थलगत अवलोकन नगरेकोमा आक्रोश पोखेका छन ।
सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोश समेत व्यक्त गरेका हुन । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले कर्णाली प्रदेशमा बाढी पहिरोको कारण ठूलो अन्नबाली नष्ट हुँदा स्थलगत अवलोकनका लागि नजाने प्रधानमन्त्री सुदूरपश्चिम प्रदेश भने आफ्नो निर्वाचन क्षेत्र भएर गएको गम्भीर आरोप समेत लगाए ।
‘बाढीपहिरोले क्षति भयो, पश्चिममा प्रधानमन्त्री पुग्नुभयो । आफ्नो क्षेत्र भएको हो कि, अथवा आफ्नो पार्टीले बोलाएर हो, कर्णालीका त मान्छे होइनन् । कर्णालीमा जानु पर्दैनु?’, उनले भने, ‘कर्णाली कस्तो अवस्थामा छ ? त्यहाँ कति खाद्यान्न नष्ट भयो, त्यहाँ पनि मान्छे बस्छन् । त्यहाँ पनि विद्यालय छ । त्यहाँ विद्यालय बगाएको छ । त्यहाँ धानखेती यति चौपट् भएको छ ।

मार्सी धानको बीऊ पाउन मुस्किल भइसक्यो । प्रधानमन्त्रीलाई, अर्थमन्त्रीलाई मैले भने–काठमाडौँ गएर सल्लाह गरौंला रे । त्यहाँ गएर सान्त्वना दिएर आउँदा भईहाल्थ्यो नि । कर्णालीमा जनता नै छैनन् क्या हो?’ सांसद महतले कर्णाली प्रदेशका पनि मान्छे हुन भन्ने कुराको हेक्का राख्न प्रधानमन्त्री देउवालाई चेतावनी समेत दिए ।

Next Post

कर्णालीको हवाइ सेवा नियमित बनाउन कर्णालीबासीको माग

७ कार्तिक २०७८, आईतवार १८:३८
जुम्ला,कात्तिक ७। कर्णाली प्रदेश सभाका सदस्य नरेश भण्डारीको नेतृत्वको टोलीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हवाइ सेवा सहज र नियमित बनाउनको लागि पहल गर्न माग गरेको छ । अहिले कर्णालीमा नियमित उडान नहुने, यात्रुले टिकट नपाउने र नीजि विमान कम्पनीको मनपरीका कारण सर्वसाधारणले सहजै रुपमा जहाज चढ्न नपाउने भएकोले […]