कर्णालीको महत्वपुर्ण पर्यटन गन्तब्य डुडुल चैत्य : मन्त्री श्रेष्ठ

  ।   १० कार्तिक २०७८, बुधबार १५:२१

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले जुम्लामा रहेको डुडुल चैत्य कर्णालीको महत्वपुर्ण पर्यटन गन्तब्य भएको बताएका छन । उनले चैत्यले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान केन्द्रीत गराएको बताए । डुडुल चैत्यको तेस्रो बार्षिकोत्सवलाई संवोधन गर्दै मन्त्री श्रेष्ठले कर्णालीको अपार सुन्दरतामा डुडुल चैत्यले सुगन्ध थपेको बताए ।
उनले भने,‘जुम्ला सदरमुकाम खलंगामा निर्माण भएको डुडुल चैत्य पर्यटन आकर्षणको केन्द्र बनेको छ । थप आकर्षण बनाउनको लागि चाहिने साधनस्रोतका लागि बजेट तर्जुमा गर्न पहल गर्नेछु । ’ मुगाली समाजले बनाएको यो चैत्यले खलंगालाई थप सुन्दर बनाएको बताएको मन्त्री श्रेष्ठका स्वकीय सचिव महेन्द्र कार्कीेले जानकारी दिए ।
अहिले यो डुडुल चैत्यमा पर्यटन आगमन बढेको छ । अधिकांसले डुडुल चैत्यमा पुगेर सदरमुकाम खलंगाको तस्बीर कैद गर्ने गरेका छन । बार्षिकोत्सवमा मुगाली समाज जुम्लाका अध्यक्ष निर्बु वाङदे तामाङ,पुर्व बनराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता भक्तबहादुर रोकाया,पुर्व पर्यटन राज्यमन्त्री तथा नेकपा एमालेका नेता बलबहादुर महत,जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत सहभागि थिए । बार्षिकोत्सवका अवसरमा हिमालयन पिस एसोसियसन काठमाण्डौँले आफ्नो चल,अचल सम्पती डुडुल चैत्यलाई हस्तान्तरण गरेको थियो । बौद्ध गुरु खेम्पो गिर्मे छिल्टुङले शान्ति पुजा गरेका थिए ।

Next Post

जुम्लामा जिल्लास्तरीय भलिवल प्रतियोगिताको तयारी

१० कार्तिक २०७८, बुधबार १५:२१
जुम्ला,कात्तिक ११। जिल्ला खेलकुद विकास समिति जुम्लाले जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ । लामो समय सम्म कोभिड १९ का कारण थलिएको खेलकुद क्षेत्रलाई उकास्नको लागि जिल्ला स्तरीय भलिवल खेलको तयारी भइरहेको सदस्य सचिव संगिता आचार्यले बताइन । आगामी कात्तिक २५ गतेदेखि शुरु हुने गरि भलिवल प्रतियोगिताको […]