अनेम संघ (क्रान्तिकारी) कनकासुन्दरीको अध्यक्षमा खत्री

  ।   १३ कार्तिक २०७८, शनिबार १८:१९

उमेश बुढा,

 कनकासुन्दरी,कात्तिक १३, अनेम संघ (क्रान्तिकारी )कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा रीता खत्री चयन भएकी छिन । शनिवार सम्पन्न गाउँपालिका स्तरीय भेलाले अध्यक्षमा खत्री, उपाध्यक्षमा मेनका मल्ल र धनलक्ष्मी शाही,सचिवमा बुनौरी बडुवाल र सह–सचिवमा रेशम शाही खत्री लगायत ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो ।

कार्यक्रममा अनेम संघ क्रान्तिकारी जुम्लाकी इन्चार्ज तथा पुर्व राज्यमन्त्री गोमा कुवरले लामो समय सञ्चालन भएको जनयुद्धमा महिलाले दिएको योगदान निकै अतुलनीय रहेको बताइन । उनले महिला भित्रका क्षमता र प्रतिभाको सम्मान अनेम संघ (क्रान्तिकारी)ले मात्र गर्न सक्नेमा जोड दिइन । उनले भनिन्,‘अब महिलाहरुले समाजका हरेक विकृती विरुद्ध आवाज उठाउनु पर्छ । सभ्य र समतामुलक समाज निर्माणमा अग्रसर हुनुपर्छ । अनि मात्र यो संगठनको उद्धेश्य र लक्ष्य प्राप्ति हुनेवाला छ । ’

नयाँ कार्य समितिलाई बधाइ ज्ञापन गर्दै उनले गाउँपालिका र गाउँपालिकाबासीको हक हीत र अधिकारमा सदैव क्रियाशिल रहन निर्देशन दिइन ।  अनेम संघ (क्रान्तिकारीं) जुम्लाकी अध्यक्ष बिष्णु बुढाले माओबादी केन्द्रलाई बचाइ राख्नको लागि महिला संगठनको भुमिका आवश्यक रहेको बताइन । जनयुद्धको बेला संघर्ष गरेर अहिलेको शासन व्यवस्था आएको बताउँदै यो व्यवस्था ल्याउनमा महिलाको पनि महत्वपुर्ण भुमिका रहेकोमा जोड दिइन ।

उनले नवगठित समितिलाई गाउँपालिका भित्र हुने अपारदर्शीता,विकृति,विसंगति, अनियमिताका विरुद्ध आवाज उठाउन आग्रह गर्दै बधाइ तथा शुभकामना व्यक्त गरिन । नेकपा माओवादी केन्द्र कनकासुन्दरी गाउँपालिका इन्चार्ज सुर्यमणी हमालले देशमा भएका हरेक आन्दोलनमा महिलाको सहभागिता निकै अतुलनीय हुने गरेको बताए । जुनसुकै पार्टीमा महिला संगठनको खाँचो देखिदै आएको छ । उनले भने,‘माओवादी केन्द्रको हरेक एजेण्डा,नीति,योजना समुदाय स्तरमा लैजानको लागि अब क्रियाशिल हुनु पर्ने देखिन्छ । यो योगदान नवगठित समितिले गर्ने विश्वास छ । ’ उनले पार्टी संगको समन्वय र सहकार्य गरेर अघि बढ्न आग्रह गरे ।

हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिला विनाको कुनै पनि पार्टी अगाडी बढ्न नसक्ने बताइन । देशलाई समृद्धिमा लैजानको लागि पनि महिलाको महत्वपुर्ण भुमिका हुने उनी बताउँछिन । अहिले हरेक निकायामा महिला सहभागिता वृद्धि हुदै गएको प्रति संकेत गर्दै उनले हरेक निकायामा सहभागिता जनाउनको लागि क्षमता र दक्षता बढाउनु पर्ने बताइन ।  भेलाले तिला आचार्यको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति बनाएको छ । भेलामा तीनसय भन्दा बढि महिलाको सहभागिता थियो ।

Next Post

जुम्ली किसान भोकमरी हुने चिन्तामा

१३ कार्तिक २०७८, शनिबार १८:१९
यही कार्तिक १ देखि ३ गते सम्म परेको अविरल वर्षासँगै आएको बाढीले जुम्लाका ८ सय किसान नराम्ररी प्रभावित बनेका छन्। किसानको स्याउ बगैचा, ओखर नर्सरी, स्याउ नर्सरी, मकै, सिमी र कोदो लगायतको बालीमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले तयार पारेको प्रभावितहरुको तथ्यांक अनुसार जिल्लाका ८ सय नागरिक बाढीबाट […]

सम्बन्धित