कर्णालीको पहिचान झल्काउने लाम्रा संवाद

  ।   १५ कार्तिक २०७८, सोमबार १७:१५

जुम्ला,कात्तिक १५।
दुई बर्षदेखि जुम्लामा समग्र कर्णालीको पहिचान झल्काउने बौद्धिक बहस लाम्रा संवादको थालनी भएको छ । जिल्लाको तातोपानी गाउँपालिकामा ५ लाम्रा गाउँमा लाम्रा संवादको आयोजना गरेर गाउँगाउँका कुरा गर्न थालिएको हो । पहिलो बर्ष लाम्रा गाउँभित्रको कुरामा सिमित भएको लाम्रा संवाद यो बर्ष हरेक गाउँ र बस्तीमा कुरामा केन्द्रीत हुनेछ ।
लाम्रा संवाद यही कात्तिक १३ देखि १८ गते सम्म सञ्चालन हुनेछ । यो संवादका कर्णालीका सबै बिषयबस्तुमा वहस हुनेछ । जुम्ला कर्णाली क्षेत्रको विशिष्ट इतिहास संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो, लाम्रा संवादका संयोजक नन्दप्रसाद चौलागाइले भने,‘यहाँको लोप हुन लागेको इतिहास,संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तालाई सिकाइ गर्न यो संवादले निकै ठुलो महत्व राख्नेमा दुइमत छैन । ’
तातोपानी गाउँपालिका – ५ लाम्रा गाउँका अगुवा नागरिकले लाम्रा संवाद गाउँगाउँका कुडा कार्यक्रम कार्तिक १६, १७ र १८ गतेसम्म लाम्रा गाउँमा लाम्रा संवाद सञ्चालन गर्न लागेका हुन । संयोजक चौलागाइले भने,‘कर्णाली इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ भएकोले यहाँका हरेक दरा र खोलाका बस्तीहरुमा सामान्य जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रकृयाहरुबोरमा संवादमा विशेष बहस हुनेछ । ’
यहाँ एककोश हिंड्दा भाषिका र चारकोश हिड्दा फरक रितिरिवाज भेटिन्छ । यी सबैको प्रवर्द्धनका लागि पनि लाम्रा संवादको आवश्यकता खड्कीएको हो । ’ हामी आफ्नो इतिहास प्रति गर्व गर्न सक्दैनौँ । पहिचान संकटमा पर्दै गइरहेको छ । उनले भने,‘लाम्रा संवादले ज्ञानको पुस्तान्तरण सही ढंगले गर्नेछ । यहाँको मौलिकता बचाउन अधिकतम सहयोग गर्ने विश्वास लाम्रा संवाद पहिलो संस्करणका संयोजक धनप्रसाद चौलागाइले जानकारी दिए ।
यो हाम्रो अनुभव साट्ने आधिकारिक विधि हो । पुरानो र नयाँ पुस्ता बीचको छलफल तथा बहसलाई तीब्रता दिने थलो हो । आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण सिकाउने एक पाठशाला जस्तै हो,’ उनले भने, ‘यसको पहल स्थानीय तवरबाटै गर्नसके अझ प्रभावकारी हुने तथ्यलाई मनन गर्दै सकारात्मक सन्दर्भ, विषयहरुको चर्चा गर्ने उद्देश्यले पनि लाम्रा संवाद गर्न थालिएको हो ।’
लाम्रा संवादमा विचारको छलफल,वहस र मन्थन हुनेछ । विद्धत प्रवचनबा संवादको शुरुवात हुनेछ । यसभित्र तातोपानीको गौरब,विकास र भविष्यको चर्चा हुनेछ । संरक्षण तथा प्रवद्र्धन गरिनुपर्ने इतिहास,संस्कृति,परम्पराको बारेमा बहस हुनेछ । दोस्रो शेषन हाम्मा नेता,हाम्मो नीति हुनेछ । जिल्लास्तरीय राजनीतिक पार्टी प्रमुखहरु एकै थलोमा बसेर साझा मुद्धामा बहस र चिन्तन गर्नेछ । तेस्रो शेषन सभ्यताको साइनो,आखरको अलंकार रहनेछ । यहाँको भाषा संस्कृति,सभ्यता संरक्षणमा भइरहेको पहल माथि छलफल हुनेछ । नीति निर्माण तहमा कर्णालीको सम्मानजनक प्रतिनिधित्व नहुँदा भोग्नु परेको समस्याका बिषय समेत केलाइनेछ ।
चौथो शेषन सुईना बिजुलीको रहनेछ । यो शेषनमा झरोबाट झलमल्ल गाउँ कसरी हुन्छ ? उज्यालो भविष्यसँग जोडिएको विद्यतीकरण बारे सरोकारवालाबीच मन्थन गरिनेछ । पाँचौ शेषनमा स्वास्थ्य र महामारी, कोरोना कैठ र कथाहरुको हुनेछ । कर्णालीको स्वास्थ्य, महामारी नियन्त्रणका पहल, भविष्यको तयारी बारे गम्भीर रुपमा बहस हुनेछ । छैटौ शेषन भुसको आगोको छ । सामाजिक विकृति र समस्याहरुको गतिलो ढंगले चिरफार गर्दैै समाधानका उपायहरु पहिल्याउने काम हुनेछ ।
यो संगै साँस्कृतिक संवद्र्धनाको लागि मनो रञ्जनात्मक कार्यक्रमहरु पनि हुनेछन । दमाहाको रन्को शेषनमा विभिन्न अवसरमा बजाइने बाजाहरुको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा हुनेछ । मागलको गुन्जन शेषनमा विभिन्न अवसरमा गाइने मागलको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा हुने संयोजक चौलागाइ बताउँछन । यहाँ नाचिने विभिन्न प्रकारका नाचहरु देखाइनेछ । ती नाचहह्रुको वर्णन गर्दै नाचहरुबारेको चर्चा हुनेछ । नाचहरुमा चरण खेल,धारु नाच,बालो नचाउने खेल,ढाल नाच प्रस्तुत हुनेछन । यो बीचमा विभिन्न गीत र भाकाहरुको प्रस्तुती हुनेछ । देउडा खेलको प्रस्तुती र देउडा गीतको महत्वको बिषयमाथी गहन बहस हुनेछ ।
पहिलो दिन बिहानीसत्र उद्घाटन सत्र, विद्वत प्रवचन, दमाहाको रन्को सभ्यताको साइनो, आखरको अलंकार शेषन हुनेछन । त्यही दिनको अपरान्हको सत्रमा सन्चो समाज, कोरोनासँग लडाईको कथा नाचको छमछम हुने छ । दोस्रो दिनमा मागलको गन्जन, सुईना बिजुलीका,भुसको आगोको सत्र रहनेछ । यो सगै सामाजिक समस्याहरुसंग सम्बन्धित चलचित्र प्रदर्शन हुनेछ ।
तेस्रो दिन स्वरको संगम, हाम्मा नेता हाम्मो नीति,देउडाको घन्को सम्मान र समापन कार्यक्रम हुने छ । कार्यक्रमका परिकल्पनाकार माधवप्रसाद चौलागाई लाम्रा संवाद,गाउँका कुडा–२०७८ को लक्ष्य भनेको हाम्रा पुर्खाका रितिरिवाजलाई संस्थागत गर्नु, भावी पुस्ताका लागि अभिलेख गर्नु भएको बताउँछन । समयको विकास संग यहाँका मौलिकता रितिरिवाज लोपउन्मुख बन्दै छन, उनले भने,‘ हाम्रा रितिरिवाज,रहनसहन जोगाउन लाम्रा संबादको शुरुवात भएको हो । ’

Next Post

बालविवाहलाई धर्मले प्रेरित गर्दैन

१५ कार्तिक २०७८, सोमबार १७:१५
बालविवाहलाई कुनैपनि धर्मले प्रोत्साहन नगर्ने सबै धर्मका गुरुहरुले बताएका छन्। हिन्दू धर्मावलम्बीका गुरुको रुपमा परिचित हर्ष थापाले बालविवाह लगायत समाजमा रहेका हानिकारक अभ्यासलाई हिन्दू धर्मले साथ नदिने बताए। उनले भने, ‘बालबालिको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्यलगायतको जिम्मेवारी अभिभावको हो, त्यस कारण कर्तव्यभन्दा बाहिरको कुरालाई हिन्दू धर्मले स्विकार्दैन।’ थापाको विचारमा सहमत […]