सौर्य उर्जाबाट बिजुली बाल्दै गुठिचौर

  ।   २४ कार्तिक २०७८, बुधबार २१:०१

जुम्लाको गुठिचौर गाउँपालिकाले सौर्य उर्जाबाट बिजुली बाल्ने तयारी थालेको छ । गुठिचौर गाउँपालिका २ मुरुली गाउँमा सौर्य उर्जाबाट बिजुली बाल्न थालिएको हो । गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सौर्य उर्जा निर्माणको एक कार्यक्रमकाबीच शिलान्यस गरेका छन । वडाभित्र रहेका झण्डै २ सय घरधुरीलाइ बिजुलीको पहुँचमा ल्याउनको लागि सौर्य उर्जाबाट बिजुली बाल्न थालिएको उनले बताए ।
बिगत देखि नै यो वडा अन्धकार थियो । हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए । विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो व्यवस्थापन गरिरहेका थिए । अध्यक्ष भण्डारीले भने,‘सदियाँै देखि अन्धकारमा रुमल्लीएका स्थानीयले निकट भविष्यमै सौर्य उर्जाको बत्ति पाउने भए । यो संगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुनेछ ।’

कुनै पनि घर बिजुलीविहन हुने छैनन सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ,उनले भने,‘गाउँगाउँमा सडक,घरघरमा बिजुली,एकघर एक धाराको अवधारणा साकार पार्न लागिरहेका छौँ । यी सबै आधारभुत आवश्यकता हुन । ’

सौर्य उर्जाको लागि ३ करोड ५६ लाख रुपैयाँ विनियोजन भइसकेको छ । ५० वाटको सौर्य उर्जाको बिजुली बाल्ने कामको शुरुवात भइसकेको निमित्त प्रमूख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटाले बताए । उनले सौर्य उर्जाले गरेर गाउँपालिका भित्रका सबै बस्तीमा बिजुली बल्ने भएको बताउँदै अब गुठिचौर गाउँपालिकाका कुनैपनि बस्ती बिजुलीविहिन नहुने बताए ।

प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने,‘सबै घरधुरीमा अझै विद्युत् सेवा पुगेको थिएन । अब छिटै ती सबै घरधुरीमा विद्युत् सेवा पुग्ने अवस्था देखिएको छ ।’ वर्षौंदेखिको बिजुली बाल्ने सपना अहिले पुरा भएको बताउँदै उनले बिजुली बलेपछि अब गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष पृथ्वी बुढाले बिजुली नहुँदा विद्यार्थी र जेष्ठनागरिकलाइ सबैभन्दा सास्ती हुने गरेको बताए । उनले भने,‘अब निकट भविष्यमै अन्धकार हटेर वडाभर उज्यालो छाउनेछ । बालबालिकाले सहज रुपमा लेखपढ गर्न सक्नेछन । बुढाबुढीले उज्यालोमा सहजता पुर्वक बिजुलीको उपभोग गर्न पाउनेछन । ’
तत्कालिन गज्र्याङकोट गाविसका अध्यक्ष गोविन्द अधिकारीले टुकीको भरमा जीन्दगी जीउन निकै थोरै समय भएको बताए । उनले भने,‘केही महिना भित्र झलमल्ल वडा हुनेछ । ’ सौर्य उर्जा निर्माणको काम सकिने वित्तिकै मोबाइल चार्ज देखि विद्युतीय माध्यमबाट हुने काम गर्न सकिने उनले बताए ।
घरमा कहिले बिजुली बल्ला भन्ने धेरैको वर्षौंदेखिको सपना रहेको थियो,उनले भने, ‘वर्षौदेखिको चाहना बल्ल पुरा हुदैँछ । ’

Next Post

फुल बेचेर लोभलाग्दो आम्दानी

२४ कार्तिक २०७८, बुधबार २१:०१
जुम्ला चन्दननाथ नगरपालिकाकी राममाया रावलले यो पटकको तिहारमा घरमै उत्पादन भएको सयपत्री फूल बेचिन्। उनी एकाबिहानै फूल ल्याएर सदरमुकाम खलंगा आइपुग्थिन्। यो तिहारमा उनी सयपत्री फुल बेच्न व्यस्त भइन्। आफ्नै बारीमा उत्पादन गरेका फुल बजारमा ल्याउदा टिपाटिप हुन थालेपछि उनी निकै उत्साहित भइन्। उनले भनिन्, ‘जुम्लामा फुलखेतीको पनि उच्च संभावना […]