कर्णाली प्रतिष्ठानको उपकुलपति डा रावललाई कामकाज गर्न रोक

  ।   २६ कार्तिक २०७८, शुक्रबार १९:२६

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाएको छ।

उपकुलपति डा रावल र रजिष्ट्रार महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका हुन्।

डा रावल र महतको नियुक्तीका विषयमा नै प्रश्न उठेपछि कामकाज गर्न रोक लगाइएको मन्त्री निकट स्रोतले स्वास्थ्यखबरलाई जानकारी दियो। मन्त्री खतिवडाले यस विषयमा छानबिन गर्न समिति गठन गर्ने तयारी समेत गरेका छन्।

डा रावल गत चैत २२ गते उपकुलपति नियुक्त भएका थिए। यस्तै असार ११ गते महत रजिष्ट्रारमा नियुक्त भएका थिए।

Next Post

नेपाली कांग्रेसकाे साताैं जिल्ला अधिवेशन सुरु

२६ कार्तिक २०७८, शुक्रबार १९:२६
नेपाली कांग्रेस जुम्लाको साताैं जिल्ला अधिवेशन उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमकाे उद्घाटन प्रदेश सभा सांसद तथा निवर्तमान उर्जा विकास तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठले गरेकाे थिए। उनले जिल्ला अधिवेशन उद्घाटनकाे क्रममा नेपाली कांग्रेस जनताकाे पार्टी भएकाे बताए। ‘आउँदाे चुनावबाट नेपाली कांग्रेस पहिलाे पार्टी बन्नेछ,’ उनले भने, ‘हामीले […]