जुम्लाबासीको रोजाइ बन्दै माओबादी केन्द्र

  ।   २ मंसिर २०७८, बिहीबार ०८:३१

नेकपा माओबादी केन्द्र जुम्लाबासीको रोजाइ बन्न थालेको छ । देश र जनताको हीत अनुकुल माओबादी केन्द्रले काम थालिरहेको भन्दै अहिले विभिन्न पार्टी परित्याग गरेर माओबादी केन्द्रमा प्रवेश गर्नेको लर्को लाग्न थालेको हो । जिल्लाको हिमा,सिँजा,कनकासुन्दरी,गुठचौर लगायतका क्षे त्रबाट सयौँले माओबादी केन्द्रमा प्रवेश गरेका हुन ।
बुधबार सम्पन्न तिला गाउँपालिकाको प्रथम सम्मेलनमा १ सय ३० बढिले पार्टी प्रवेश गरे । उनीहरुले जनताको मर्म र भावना बुझ्ने पार्टी माओबादी केन्द्र नै भएको बताएका थिए । अन्य पार्टीहरु आश्वासको पोका बाड्ने तर सिन्को भाँचेर दुई बनाउन नसक्ने भएकोले उनीहरु प्रति बितृष्णा पैदा हुन थालेको बताए ।
नेपाली काँग्रेस,नेकपा एमाले र नेमकिपाबाट माओबादी केन्द्रमा प्रवेश गर्नेको लहर नै चल्ने गरेको नेकपा माओबादी केन्द्रका नेता पुर्व राज्यमन्त्री गोमकुँवर गौतमले जानकारी दिइन । उनले भनिन्,‘अहिले गाउँदेखि शहर सम्म पार्टी प्रवेशको लहर चलेको छ । यो अवस्था हेर्दा २०६४ कै लयमा फर्कने संकेत गरेको छ । ’
अहिले माओबादी केन्द्रका नेताकायकर्ता गाउँगाउँ सम्म आफ्नो एजेण्डा,पार्टीको नीति र राज्य सञ्चालनका क्रममा भएका उपलब्धिको आदानप्रदान गर्न पुगेका छन । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महत माओबादी पार्टी गरिब र सर्वहारा वर्गको सहयात्री भएको बताउँछन ।
यो गरिब,सर्वहारा बर्गको पार्टी हो । यो पार्टीले कहिले पनि सम्भ्रान्त बर्गको हीतमा बोलेको छैन,उनले भने,‘त्यसैले माओबादी केन्द्र प्रति गाउँदेखि शहर सम्मको साथ र सहयोग मिलेको छ । यो कार्यले माओबादी नै देश निर्माणकर्ता पार्टी हो भन्ने सन्देश फैलाउन शुरुवात भइसकेको छ । ’
उनले माओबादी केन्द्र आबद्ध सबै नेता कार्यकर्ताको राजनीतिक जीवनको उच्च मुल्यांकन हुने बताए । पार्टीको नीति नियम भित्र रहेर काम गरौँ,उनले भने,‘जनताले राम्रो संग मुल्यांकन गर्नेछन । गरिरहेका छन पनि । ’
नवप्रवेशीहरुले माओबादी केन्द्र नै समग्र नेपालीको भविष्य भएको बताउँदै सबैको रोजाइ नै माओवादी केन्द्र हुनुपर्ने बताएका छन । नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य पुर्णप्रसाद धिताल सबै नेता कार्यकर्ता,समर्थक,शुभचिन्तकलाई माओबादी केन्द्रले गरेका कामको विवरण समुदाय सम्म लैजान आग्रह गरे । उनले भने,‘जब सम्म देश र जनताको हीतमा कार्यक्रम हुन सक्दैनन तब सम्म नेपाली जनताले अपनत्वको अनुभुति गर्नेछैनन । अब जनताको सेवा र देशको सेवा पहिलो प्राथमिकतामा पर्नुपर्छ । ’
जुम्लामा एक नगरपालिका सहित ७ गाउँपालिका छन । सबैपालिकाका सबै गाउँ देखि पालिका स्तर सम्मका अधिवेशन भइरहेका छन । अधिवेशनका अवसरमा माओबादी केन्द्रमा प्रवेश हुनेको लहर नै चलेको छ ।
हाल माओबादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा सांसद गजेन्द्रबहादुर महत छन । प्रदेशसभा सदस्यमा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी छन । यहाँ दुइवटा प्रदेश सांसद एक प्रतिनिधि सभा सांसद हुन । जसमध्ये प्रदेश सभा सदस्य पदमबहादुर रोकाया नेकपा एकीकृत समाजवादी हुन । दुइ जना माओवादी केन्द्रबाटै प्रतिनिधित्व गरिरहेका छन । यहाँका एक नगरपालिका सहित ७ गाउँपालिकामा तीन स्थानीयतहमा माओबादीका अध्यक्ष छन । नगरपालिका सहित ५ पालिकामा उपप्रमुख तथा उपाध्यक्ष छन । यहाँका अधिकांस वडामा माओबादी केन्द्रले नै जितेको छ ।

Next Post

मुगु आगलागी : ३५ करोड क्षति, ८० परिवार विस्थापित

२ मंसिर २०७८, बिहीबार ०८:३१
मुगु — मुगुको गमगढीमा सोमबार राति भीषण आगलागी हुँदा ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति हुनुका साथै ८० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २१ परिवारको २१ करोड २५ लाख तथा होटल, पसल र भाडामा बस्ने व्यक्तिसहितको १२ करोड ३० लाख गरी ३५ करोड ५५ लाख बराबरको […]