भलिबलको उपाधि पातारासी र तातोपानीको पोल्टामा

  ।   २ मंसिर २०७८, बिहीबार ०८:४९

जिल्ला खेलकुद समिति जुम्लाले आयोजना गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको महिला तर्फको उपाधि तातोपानी र पुरुष तर्फको उपाधि तातोपानी गाउँपालिकाले जितेको छ । पुरुषतर्फको खेलमा तिला गाउँपालिकाको टिमलाई पराजित गर्दै पातारासी गाउँपालिका बिजय भएको हो । दुइ दुइ सेट बराबरी भएपनि पाँचौ हाफ सेटमा पातारासीले दुइ अंकले तिलालाई पातारासीले जितेको थियो । महिला तर्फको खेलमा गुठिचौर गाउँपालिकालाई पराजित गर्दै तातोपानीले बिजय प्राप्त गरेको हो । लगातार तीन सेटले तातोपानी गाउँपालिकाको महिला टिमले जित हात पारेको हो ।
यही कार्तिक २५ गते देखी गुठिचौर गाउँपालिका को वडा नम्वर ५ झारज्वालाको त्रिभुवन माविमा जिल्लास्तरीय महिला पुरुष भलिबल प्रतियोगिता शुरु भएको थियो । कर्णाली प्रदेशस्तरीय मुख्यमन्त्री कपका लागि खेलाडी छनौट गर्न जिल्लास्तरीय भलिबल आयोजना गरिएको जिल्ला खेलकुद समिति जुम्लाका सदस्य सचिव संगिता आचार्यले जानकारी दिइन ।
उनका अनुसार जिल्लाका ८ स्थानीयतह मध्ये ६ स्थानीयतहले पुरुष भलिबलमा सहभागिता जनाएका थिए । चार स्थानीयतहले महिला भलिबलमा सहभागिता जनाएका थिए । चन्दननाथ नगरपालिका र सिँजा गाउँपालिकाले दुबै खेलमा भाग लिएका थिएनन । प्रतियोगितामा सहभागि सबै स्थानीयतहको टिमबाट उत्कृष्ठ खेलाडी छनौट गरेर प्रदेशस्तरीय खेलकुदमा पठाइने उनले बताइन ।
प्रतियोगितामा बिजेता टिमलाइ ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उपबिजेता टिमलाई ३५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र दिइएको हो ।
यस्तै खेल अवधिभर सर्वाेउत्कृष्ट खेल प्रदेशन गर्ने पूरुष तर्फ पातारासीका हर्क बुढा महिला तर्फ तातोपानी गाउँपालिकाका देवकी देवकोटालाइ प्रमाण पत्र सहित सम्मान गरिएको थियो । आयोजक जिल्ला खेलकुद विकास समिति रहेकोमा सहआयोजक गुठिचौर गाउँपालिका बनेको थियो ।
गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै भलिबल प्रतियोगिताको आयोजना भएको बताए । उनले खेल क्षेत्रबाट जुम्लाको नाम उचो बनाउने हिसावले खेलकुदलाई प्रवद्र्धन कार्यमा सहयोग गरेको बताए । उनले भने,‘लामो समय कोभिडका कारण खेलकुद क्षेत्र थलिएको थियो । बल्ल सामान्य बन्दैछ । अब खेलाडीलाई प्रोत्साहन र खेलकुद क्षेत्रको उत्थानका जुट्नु पर्ने देखिएको छ ।’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डे ग्रामिण क्षेत्रमा खेलकुदको उत्थान हुन नसकेको बताए । उनले भने,‘गाउँगाउँमा भलिबलका प्रतिभावान खेलाडी छन । तर खेलाडीलाई हौसला दिन सकिएको छैन । खेलकुदको प्रवद्र्धन हुन सकिरहेको छैन । अबका दिनमा खेलक्षेत्रलाई परिणाम मुखी बनाउनु पर्ने बेला आएको छ । ’
गाउँगाउँमा खेलकुदका क्रियाकलाप गर्न खेलकुद समिति तयार रहेकोमा जोड दिए ।
अब राम्रा अनुशासित र उत्कृष्ट खेलाडी छनौट गरेर मुख्यमन्त्री कपमा सहभागिता जनाउनको लागि एक महिनाको प्रशिक्षण सञ्चालन गर्ने तयारी हुनेछ ।

Next Post

सहमतीय नेतृत्व छनौट गर्न जुम्ला काँग्रेसमा दबाव

२ मंसिर २०७८, बिहीबार ०८:४९
नेपाली काँग्रस जुम्लाका नेता कार्यकर्ताले सहमतीय नेतृत्व छनौट गर्नको लागि दबाव दिएका छन । उनीहरुले स्वस्थ प्रतिष्प्रर्धाका नाममा पाटी भित्र चुनाव गरी तिक्तता नबढाउनको लागि आग्रह गरेका छन । अहिले स्थानीयतह र आम चुनाव नजिकिदै गइरहेको छ । पार्टी भित्र निर्वाचन गरेर माहोल धुमिल बनाउनु हुदैन । एक भएर सहमति […]