सहमतीय नेतृत्व छनौट गर्न जुम्ला काँग्रेसमा दबाव

  ।   २ मंसिर २०७८, बिहीबार २०:१९

नेपाली काँग्रस जुम्लाका नेता कार्यकर्ताले सहमतीय नेतृत्व छनौट गर्नको लागि दबाव दिएका छन । उनीहरुले स्वस्थ प्रतिष्प्रर्धाका नाममा पाटी भित्र चुनाव गरी तिक्तता नबढाउनको लागि आग्रह गरेका छन । अहिले स्थानीयतह र आम चुनाव नजिकिदै गइरहेको छ । पार्टी भित्र निर्वाचन गरेर माहोल धुमिल बनाउनु हुदैन । एक भएर सहमति गरेर एकताको सन्देश दिनुपर्छ भन्ने आवाज कार्यकर्ता माझ उठेको थियो,युवा नेता महेन्द्र कार्कीले भने,‘नेताहरुलाई सहमतिको वातावरण बनाउन व्यापक दबाव सिर्जना भएको छ । उनीहरुले पनि सहमतिको अन्तिम विन्दु सम्म छलफल गर्ने बताएका छन । ’
उनले भने,‘यो बीचमा जुन रुपमा पार्टी चल्नु पर्ने हो । संगठन सञ्चालन हुनु पर्ने हो । त्यो हुन सकेन । अबको नेतृत्व संगठनलाई चलायमान बनाउने खालको हुनुपर्छ । त्यसको लागि सचेत काँग्रेसीहरुको एउटै स्वर हुनुपर्छ भन्ने मान्यता छ । ’
नेताहरुले पनि सहमतिको लागि हदै सम्मको पहल गर्ने जनाएका छन । नेपाली काँग्रेस जुम्लाका सचिव कार्मा बुढा सहमतिको प्रयास जारी रहेको बताउँछन । उनले भने,‘स्थानीयतहको चुनाव नजिकिदै गर्दा पार्टी भित्र हुने चुनावले पक्कै पनि राम्रो सन्देश जादैन । सबैको जीत हुने गरेर नेतृत्व चयन गर्न आवश्यक छ । यो नै उपयुक्त विकल्प हुनुपर्छ । ’
काँग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट दीपबहादुर शाही र प्रधानमन्त्री तथा पार्टी सभापतिको प्यानलबाट कर्णबहादुर शाहीले सभापतिको दाबी गरिरहेका छन । शाही झण्डै दुई कार्यकाल जुम्लाको सभापति भएका व्यक्ति हुन । शाही नेपाली काँग्रेसका वर्तमान सचिव हुन ।
नेपाली काँग्रेस जुम्लामा अहिले तीनवटा खेमा स्पष्ट रुपमा देखिएका छन । एउटा पौडेल,अर्को देउवा र तेस्रो खेमा सहमतीय नेतृत्वको लागि दबाव सिर्जना गरिएको छ । तेस्रो खेमाले दुई जनाको विकल्पमा सबैलाइ मान्य हुने अर्को व्यक्तिलाई सभापतिको रुपमा अघि सार्न माग गरिरहेको छ । त्यो माग प्रति पौडेल र देउवा प्यानल राजी छैनन ।
अहिले सभापतिको लागि दीपबहादुर शाही र कर्णबहादुर शाही मैदानमा छन । सचिवको लागि लक्ष्मण शाही, दिल्लीबहादुर महतले पौडेल प्यानलबाट तयारी थालेका छन । देउवा प्यानलबाट दानबहादुर बुढा र घनश्याम थापाले तयारी गरिरहेको नेपाली काँग्रेस जुम्लाले जनाएको छ ।यसअघि पालिका अधिवेशनमा गुठिचौर र सिँजा गाउँपालिका मात्र देउवा प्यानलले सभापति लिएको छ । चन्दननाथ नगरपालिका,पातारासी, तातोपानी,हिमा,कनकासुन्दरी गाउँपालिकामा पौडेल प्यानलको नेतृत्व छनौट भइसकेको छ । पालिका अधिवेशनमा पौडेल पक्ष हाबी छ । जुम्लामा प्रदेश(क) र (ख) क्षेत्र दुबैमा पौडेल पक्षको एकलौटी कार्यसमिति आएको छ । देउवापक्षको प्रतिनिधित्व शुन्य नै छ ।
पौडेल पक्ष देउवा पक्षलाई जुम्लामा कुनैपनि पदमा जित्न नदिने दाउमा छ । देउवा पक्ष भने महत्वपुर्ण पद हात लगाउनको लागि हदै सम्मको पहल गरिरहेको छ ।
नेपाली काँग्रेसका नेता तथा निवर्तमान जलस्रोत तथा उर्जाविकास मन्त्री दीनबन्धु श्रेष्ठ सहमतिको लागि अधिकतम पहल हुने बताउँछन । उनले भने,‘काँग्रेस जनताको पार्टी हो भन्ने सन्देश फैलाउनु छ । आउदो चुनावबाट पहिलो पार्टीको रुपमा स्थापित गर्नुछ । सही ढंगले सहमतीय हिसावले नेतृत्व छनौटमा लाग्यौँ भने काँग्रेसले सफलता पाउनेछ । यो सोचतिर दुबै पक्षले गम्भीर भएर सोच्ने बेला आइपुगेको छ ।
हाल देशको दोस्रो ठुलो पार्टी भएको कांग्रेस जनताको प्रिय पार्टी हुन सफल हुँदै नेतृत्व गर्ने अवस्थामा पुगेको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल बताउँछिन ,। ’क्षमताले भ्याएसम्म जनताको सेवामा समर्पित रहनका लागि सम्पूर्ण नेता कार्यकर्ता लाग्नुपर्नेछ,’ उनले भनिन्, ’कोरोना महामारीका कारण जनताले महसुस गर्ने गरि काम गर्न नसकिएपनि सेवा भावनाबाट विचलित भएका छैनौं । जब सम्म जुम्ली काँग्रेस एक ढिक्का हुदैन । तब सम्म काँग्रेस सफल हुन सक्दैन । जिल्लाको सातौ अधिवेशनलाइ एकताको अधिवेशनका रुपमा प्रमाणित गर्न सबै जिम्मेवार हुनुपर्ने बेला आएको छ । ’
सातौं जिल्ला अधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्न पूर्व वन राज्यमन्त्री भक्त बहादुर रोकायाले आग्रह गरे। उनले भने, ’पार्टीले आगामी नेतृत्व सहमतिको आधारमा गर्न सकेको खण्डमा सबै एक ढिक्का भएर जनताको माझ जान सहज हुनेछ।’
पातारासी गाउँपालिका अध्यक्ष तथा प्रदेश (क) का सभापति लक्षिमान बोहोराले नेपाली कांग्रेसले नेतृत्व गरेको ठाउँमा जनताले रोग, भोक र प्राकृतिक विपत्ति विरुद्धको लडाइँमा सफलता हात पारेको बताए । ’विदेशीएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिएको खण्डमा कांग्रेस अझै जनतामाझ लोकप्रिय हुनेछ,’ उनले भने, ’कांग्रेस नेतृत्व गरेको सरकारले यसमा गम्भीर भएर लाग्न सके आगामी दिनमा कांग्रेस जनताको प्रिय पार्टी बन्नेछ।’
सातौ अधिवेशनको बन्द सत्रमा पार्टी सभापति दीपबहादुर शाहीले राजीतिक प्रतिवेदन पेश गरेका छन । आर्थिक प्रतिबेदन कोषाध्यक्ष कालीबहादुर बुढाले प्रस्तुत गरे । पार्टी सभापति शाहीको प्रतिबेदनमा संगठन विस्तार देखि पाँच बर्षे कार्यकालमा भए गरेका उपलब्धि समेटिएका थिए । आगामी दिनमा गर्नु पर्ने कामका बिषयमा समेत प्रतिवेदनमा चर्चा गरिएको थियो ।
जुम्लाका काँग्रेसले एक नगरपालिका सहित ४ स्थानीयतहमा जितेको छ । चन्दननाथ नगरपालिकाको प्रमुखमा कान्तिका सेजुवाल,पातारासी गाउँपालिकाको अध्यक्षमा लक्षिमान बोहोरा र कनकासुन्दरी गाउँपालिकाको अध्यक्षतामा नरविर रावत र सिँजा गाउँपालिका अध्यक्ष देवल रावलले जितेका थिए । प्रदेश सभा सदस्य दुई र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित भएको थियो ।
काँग्रेसलाई सबैको रोजाइको केन्द्र बनाउने गरि सहमति गरेर नेतत्व छान्न कार्यकर्ताले दबाव दिएका छन ।

Next Post

लोभलाग्दो कठिना हाइटेक नर्सरी

२ मंसिर २०७८, बिहीबार २०:१९
जुम्ला तिला गाउँपालिका ७ का जगबहादुर बुढा यो बेला विरुवा हुर्काउन व्यस्त छन्। उनी जडिबुटी,डालेघाँस र फुल प्रजातिका विरुवा हुर्काउन लागि परेका छन्। बालबालिका हुर्काउन र नर्सरीमा विरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उनी बताउँछन्। यो बर्ष जगबहादुरले नर्सरीमा विरुवा लगाएकोले कालापहाड जानु परेको छैन। उनी नर्सरीमै दिन विताइरहेका छन्। […]