लोभलाग्दो कठिना हाइटेक नर्सरी

  ।   २ मंसिर २०७८, बिहीबार २०:३२

जुम्ला तिला गाउँपालिका ७ का जगबहादुर बुढा यो बेला विरुवा हुर्काउन व्यस्त छन्। उनी जडिबुटी,डालेघाँस र फुल प्रजातिका विरुवा हुर्काउन लागि परेका छन्। बालबालिका हुर्काउन र नर्सरीमा विरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उनी बताउँछन्। यो बर्ष जगबहादुरले नर्सरीमा विरुवा लगाएकोले कालापहाड जानु परेको छैन। उनी नर्सरीमै दिन विताइरहेका छन्। विरुवामा पानी हाल्ने,गोडमेल गर्ने र रेखदेख गर्ने उनको दैनिकी हो।

उनले भने,‘यो हाइटेक नर्सरी तिला ७ तुहीगाउँको समृद्धिको आधार बन्ने देखिएको छ। अबको आम्दानीको स्रोत पनि यहाँ उत्पादित विरुवा नै हुनेछन्। पहिले जडिबुटी कोर्नुपर्छ। बनजंगल फडानी गरेर खोरिया खन्नुपर्छ भन्ने मान्यता थियो। अहिले जडिबुटीको व्यवसायिक खेति गर्नुपर्छ। बनजंगल जोगाउनुपर्छ। जलवायु परिवर्तनको असर कम गर्न बृक्षारोपणका क्रियालकपमा जोड दिनुपर्छ भन्ने भावनाको विकास हुन थालेको छ। यो निकै सकरात्मक कार्य हो, उनले थपे। चैत १८ गते कठिना हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसान विरुवा उत्पादनमा जोड दिन थालेका छन्।

हाइटेक नर्सरी भित्र अतिस,निमारो,किमु,पौलेनिया,बकाइनो,राइखन्यु,वुद्धचित्त र कल्फी प्रजातिको फुल छन्। अतिस ८ हजार विरुवा उमारिएको छ। निमारो दुई हजार ८ सय विरुवा,किमु एक हजार ५ सय विरुवा,पौलेनिय ५ हजार विरुवा,बकाइनो १५ हजार र राइखन्यु ३ हजार विरुवा लगाइएको हो।

वुद्धचित्तका एक सय विरुवा छन्। कल्फी प्रजातिको फुल तीन सय विरुवा उमारिएको छ। गाउँमै आधुनिक नर्सरी खेति हुन् थालेपछि किसान चकित छन्। उनीहरुले नयाँ नयाँ प्रजातिका विरुवमा आगनमै देख्न पाउदा उत्साहित भएको बताउँछन्। विश्व खाद्य कार्यक्रम र बन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपाल अन्र्तगतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो।

नर्सरी स्थापनामा २८ लाख ४२ हजार ५ सय ७६ रुपैयाँ लगानी गरिएको छ। यहाँ उत्पादित विरुवाको बजारीकरणको पेस नेपालले गर्ने कठिना हाइटेक नर्सरी आयोजनाका सचिव समेत रहेका जगबहादुरले बताए। उनले भने,‘नर्सरी स्थापना भएपछि कालापहाडको यात्रा रोकिएको छ। नर्सरी तिरै ध्यान केन्द्रीत भएको छ। भबिष्य पनि विरुवामै देखिन थालेको छ। ’ हाइटेक नर्सरी वरिपरिको खाली जमिनमा रोजमरीको विरुवा रोपिएको छ। यो चिया,अगरबत्ति बनाउनको लागि प्रयोग हुन्छ।

नर्सरीले उत्पादन गरेको विरुवा बजारीकरणमा समस्या हुने छैन। नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४ सय ५५ जनसंख्या प्रत्यक्ष लाभान्वित छ। नर्सरीमा छरिएको बीउ पेस नेपालले खरिद गरेर किसानलाई उपलब्ध गराएको हो। अहिले नर्सरीको अवस्था राम्रो छ। चिसो मौसममा पनि निकै राम्रो देखिएको छ।  अन्य नर्सरी भन्दा हाइटेक नर्सरी फरक खाले छ। ग्रीन हाउसमा सिधैँ प्रकाश छिर्ने भएकोले सहज हुन्थेन तर  यसमा प्रकाश छेक्ने खालको व्यवस्थापन गरिएको छ।

विरुवा हुर्काउनु र बच्चा हुर्काउनु बराबरी नै हो,जगबहादुरले भने,‘ बेलाबेला सिचाइँ गर्ने, गोडमेल गर्ने गछौँ। जिल्लाकै सबैभन्दा ठुलो नर्सरी पनि यही हो। मुगुको रारा र चन्दननाथ मन्दिर अवलोकन गर्न आएका पर्यटक हाइटेक नर्सरीमा आएर फोटो खिचेर फर्कन्छन्। जडिबुटीको बारेमा चासो राख्छन्। जुम्लामा हाइटेक नर्सरी स्थापना गरेर निकै राम्रो गरेको प्रतिक्रिया दिने गर्दछन्।

हाइटेक नर्सरीका कारण अहिले गाउँले पनि जंगल जोगाउने अभियानमा छन्। पहिले आगनमै नर्सरी स्थापना हुन्छ। विभिन्न प्रजातिका विरुवा हुर्काउन सकिन्छ भन्ने लागेको थिएन। अहिले निकै खुसी छौँ। उनले भने,‘अब जंगलमा जडबुटी सकिएको बेला यहाँ उत्पादित जडिबुटीले प्राथमिकता पाउँछन्। गाउँपालिका कृषि शाखा, बन कार्यालयमा समन्वय गरेर विरुवा विक्रि गर्ने रणनीति स्थानीयले बनाएका छन। त्यहाँबाट आएको रकमले पारिवारिक समस्या समाधान गर्न सहज हुने विश्वास गरिएको छ।

सामाजिक परिचालक रीता रोकाया गाउँमा हाइटेक नर्सरी स्थापनाले किसानमा उत्साह जागेको बताउँछिन्। उनले भनिन्,‘जडिबुटी जंगलमै पाइने भएकोले गाउँमा खेति गर्न हुदैन्। बनपाखामा प्रशस्त घाँस भएकोले डालेघाँस लगाउन हुदैन भन्ने मान्यता थियो। अब त्यो मान्यता रहेन। अब मानिस र पशु चौपाय दुबैलाई मध्यनजर गर्दै नर्सरीमा विरुवा लगाउनु पर्ने आवश्यकता खड्कीयो। यो राम्रो काम हो। ’

नर्सरी स्थापना भएपनि विभिन्न प्रजातिका विरुवा उत्पादनमा किसानको रुची जागेको छ। कर्णाली राजमार्ग आसपासमै हाइटेक नर्सरी भएकोले सहजै रुपमा सबैले अवलोकन गर्न सक्ने अवस्था छ। जिल्लाका विभिन्न क्षेत्रबाट किसान आउँछन्। जडिबुटी,घाँस प्रजातिका बारेमा निकै चासो राख्दछन्। बाहिरबाट हेर्दा प्लाष्टिकको विशाल घरजस्तो देखिन्छ। तर भित्र प्रवेश गर्दा विभिन्न खाले जडिबुटीले रंगीचंगी जस्तो लाग्छ।

अहिले जिल्लाका जडिबुटी किसानको ध्यान हाइटेक नर्सरी तिर केन्द्रित भएको छ। नर्सरी भित्र उमारिएका विरुवा किसानले आफ्नो खेतबारीमा लगाउन सक्नेछन्। गाउलेले सामुदायिक बनमा डालेघाँसको विरुवा लगाउन सक्नेछन्। यी प्रजातिका विरुवाले मानवका लागि निकै राम्रो काम गरिरहेका छन्।

Next Post

विद्युतगृहमा समस्या आउँदा चार गाउँ अन्धकार

२ मंसिर २०७८, बिहीबार २०:३२
जुम्लाको गुठिचौर गाउँपालिका ५ कुम्डीमा रहेको नौमुले लघुजल विद्युत आयोजनाको विद्युतगृहमा समस्या आउँदा चार गाउँ अन्धकार भएका छन । मंगलबार दिउँसो साढे १ बजे देखि विद्युतगृहमा समस्या आएको हो । नौमुले लघुजल विद्युतगृहमा जडान गरिएको फित्ता चुडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिए । मंगलबारबाट उपभोक्ताहरु अध्याँरोमा बस्न बाध्य […]