विद्युतगृहमा समस्या आउँदा चार गाउँ अन्धकार

  ।   २ मंसिर २०७८, बिहीबार २०:३८

जुम्लाको गुठिचौर गाउँपालिका ५ कुम्डीमा रहेको नौमुले लघुजल विद्युत आयोजनाको विद्युतगृहमा समस्या आउँदा चार गाउँ अन्धकार भएका छन । मंगलबार दिउँसो साढे १ बजे देखि विद्युतगृहमा समस्या आएको हो । नौमुले लघुजल विद्युतगृहमा जडान गरिएको फित्ता चुडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिए ।
मंगलबारबाट उपभोक्ताहरु अध्याँरोमा बस्न बाध्य भएका छन । गुठिचौर गाउँपालिका वडा नम्बर ५ भित्रका कुम्डी,फोई,देपालगाउँ र धिता गाउँका उपभोक्ता अध्याँरोमा बस्न बाध्य भएका हुन । विद्युत सप्लाइ गर्न अझै १ हप्ता लाग्ने उनले बताए ।
फित्ता ल्याउनको लागि पहल भइरहेको छ । उनले भने,‘विद्युतको फित्ता आउने बित्तिकै सुचारु भइहाल्छ । ’ गुठिचौर गाउँपालिका भित्रका करिव ५ सय ५० घरधुरीका उपभोक्ताहरु विद्युतबाट लाभान्वित थिए । तर केही दिन यताबाट उपभोक्ताहरुले अन्य वैकल्पिक सोलार, टुकीमारा र स्थानीय वनजंगलमा पाइने झरो बाली उज्यालोको व्यवस्थापन गरिरहेका छन ।
फित्ता भारतबाट आउने भएकोले १ हप्ता सम्म विद्युत अवरोध हुने व्यवस्थापक गिरी बताउँछन । विद्युत अवरोध भएपछि स्थानीयहरुलाई मोवाइल चार्ज गर्न,विद्यार्थीहरुलाइ पढ्न,सरकारी कार्यालय,गैरसरकारी निकायहरुका कामकाज प्रभावित भएका छन । एफएम रेडियो र मिलहरु समस्यामा परेका छन । सबै भन्दा प्रत्यक्ष असर विद्यार्थी र रेडियो एफएमलाइ परेको छ । नौमुले लघुजल विद्युत आयोजना २०६९ सालमा संचालनमा ल्याइएको हो ।
७६ किलोवाटको क्षमता रहेको नौमुले लघुजल विद्युत संचालनमा आएबाट गुठिचौर गाउँपालिका वडा नम्वर ५ भित्रका कुम्डी,फोई,देपालगाउँ र धिताको गाउँबस्तीलाइ सहज भएको थियो । यता त्रिभुवन माध्यमिक विद्यालयका लेखापाल राजेन्द्र भण्डारीले विद्युत अवरोध हुदा विद्यार्थीरुलाइ समस्या भइरहेको बताए । यस्तै सोही विद्यालयमा अध्ययनरत विद्यार्थी देविलाल भण्डारीले विहान तिर पढ्न लेख्न समस्या भएको गुनासो पोखे ।

Next Post

अपांङ्गता पुर्नस्थापन प्लेटफर्मको अध्यक्षमा धिताल

२ मंसिर २०७८, बिहीबार २०:३८
नन्दराज धितालको अध्यक्षतामा जुम्लामा अपांङ्गता पुर्नस्थापन प्लेटफर्मका गठन भएको छ । अपांङ्गता भएको व्यक्तिकाृे स्वास्थ्य प्रवद्र्धन तथा पुर्नस्थापनाका सवालका बिषयमा काम गर्न प्लेटफर्मको गठन गरिएको हो । राष्ट्रिय अपांङ्ग महासंघ नेपाल कर्णालीका अध्यक्ष बिष्णु शर्माका अनुसार अपांङ्गता समन्वय समितिका सदस्य तथा अपांङ्ग पुर्नस्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालको […]