अपांङ्गता पुर्नस्थापन प्लेटफर्मको अध्यक्षमा धिताल

  ।   २ मंसिर २०७८, बिहीबार २०:५२

नन्दराज धितालको अध्यक्षतामा जुम्लामा अपांङ्गता पुर्नस्थापन प्लेटफर्मका गठन भएको छ । अपांङ्गता भएको व्यक्तिकाृे स्वास्थ्य प्रवद्र्धन तथा पुर्नस्थापनाका सवालका बिषयमा काम गर्न प्लेटफर्मको गठन गरिएको हो ।
राष्ट्रिय अपांङ्ग महासंघ नेपाल कर्णालीका अध्यक्ष बिष्णु शर्माका अनुसार अपांङ्गता समन्वय समितिका सदस्य तथा अपांङ्ग पुर्नस्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालको अध्यक्षतामा ११ सदस्यीय प्लेटफर्म गठन गरिएको छ ।
समितिको सदस्यहरुमा चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाका पुष्पा थापा, स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महत, फिजियोथेरापिष्ट सन्दिप कुसरी, शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाई, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका डाक्टर अभिषेक ठाकुर, अपांङ्गता भएका व्यक्तिहरुको हेरचाहकर्ताहरु रीता रोकाया, निर्मला हमाल, अनिता रोकाया, लक्षिराम रावत र दुर्गा रोकाया रहेका छन् ।
चन्दननाथ नगरपालिकामा आयोजना गरिएकोअपांङ्गता पुर्नस्थापनाका लागि प्लेटफर्म गठन गर्न आयोजना गरिएको वैठकमा चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरदेवी न्यौपाने, राष्ट्रिय अपांङ्ग महासंघका अध्यक्ष बिष्णु शर्मा सहित अपांङ्गता भएका व्यक्तिहरु र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
ह्याण्डिक्याप ईन्टरनेशनल नेपालको सहयोगमा राष्ट्रिय अपांङ्ग महासंघ नेपालले अपांङ्गता पुर्नस्थापन परियोजना अन्तरगत जुम्ला सहित कर्णालीका सबै जिल्लामा गठन गर्ने उद्देश्य रहेकोमा जुम्लाबाट शुरुवात गरिएको पुर्नस्थापना परियोजना संयोजक पार्वती आलेले जानकारी दिइन ।
यो समितिलेअपांङ्गता भएका व्यक्तिहरुको परिवारका सदस्यहरुको समस्या चुनौतिको बारेमा छलफल,अनुभव साटासाट, पुर्नस्थापनाको महत्व र आवश्यकतामा छलफल गर्ने, पुर्नस्थापना सेवाका लागि स्थानीय सरकार र सरोकारवाला सँग समन्वय तथा सहायता सामग्रीको उपलब्धता, महत्व र विनियोजित बजेट र सूचना प्रवाह गर्ने उद्देश्य रहेको छ ।
यसैगरी अपांङ्गता सवालको विभिन्न विषयमा छलफल वहस र अनुगमन गर्न महासंघका केन्द्रीय सदस्य केशवराज देवकोटा, प्रदेश अध्यक्ष शर्मा सहितको टोली अहिले जुम्लामा छ । शुक्रवार जुम्ला, मुगु र कालिकोटका अपांङ्गता भएका व्यक्तिहरुद्धारा संचालित पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम रहेको राष्ट्रिय अपांग महासंघ कर्णालीले जनाएको छ ।

Next Post

सम्मानजनक सहभागितासहित माओवादी सरकारमा जाने

२ मंसिर २०७८, बिहीबार २०:५२
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बैठकले सम्मानजनक सहभागितासहित सरकारमा जाने निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज वीरेन्द्रनगर सुर्खेतमा बसेको दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारमा माओवादीको सम्मानजनक सहभागिताको सुनिश्चिता सत्ता साझेदार दलभित्र खोज्ने निर्णय गरेको दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले […]

सम्बन्धित