कार्मा बुढाको राजनीति यात्रा : विद्यार्थी राजनीति देखि जुम्ला काँग्रस उपसभापति सम्म

  ।   ९ मंसिर २०७८, बिहीबार ०८:५८

जुम्ला पातारासी गाउँपालिका ६ का कार्मा बुढा नेपाली काँग्रेस जुम्लाको सातौ अधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । उनी ४ सय ८६ मत प्राप्त गरेर उपसभापतिमा निर्वाचित भएका हुन । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख समेत रहेका उपसभापति बुढा कार्यकर्ताका निकै लोकप्रीय नेता हुन ।
छैटौँ जिल्ला अधिवेशनमा जिल्ला सचिव भएका उनी सातौँ अधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । यो बीचको कार्यकालमा उनी काँग्रेसीजनको घरदैलोमा पुगे । काँग्रेसले लिएको रणनीतिका बारेमा निरन्तर तल्लो कमिटीलाई परिपत्र गरिरहे । सायद यो बीचमा काँग्रेस भित्र सबैभन्दा उनको नै गुनगान बढि देखिन्छ ।
व्यक्तिगत काम भन्दा पनि सामुहिक काम गर्न रुचाउने उनी जहिले पनि समग्र जिल्लाको विकासका बारेमा चिन्तन गरिराखेका हुन्छन । पौडेल प्यानलबाट उनी निर्वाचन लडेपनि उनले गर्ने व्यवहार सबै काँग्रेसीजनलाई बराबर छ । उनी व्यक्ति,गुट भन्दा पनि पार्टी बलियो बनाउन चाहन्छन । पार्टी बनाउन सकेमात्र व्यक्ति बन्ने उनी बताउँछन । पार्टी,सिदान्त र जनसेवा पहिलो सर्त हो । व्यक्तिगुट सहायक पाटो हुन । उनले भने,‘ पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन निर्वाचनताका गुटउपगुट हुने गरेपनि समग्रमा पार्टी बनाउन सबैको हातेमालो जरुरी छ । अब हामी सबै काँग्रेसी भन्ने मान्यता स्थापित गराउनुपर्छ । यसमा नेतृत्वले चनाखो बन्नु पर्ने देखिएको छ । ’
२०२८ सालमा माता टोमा तामांङ बुढा र पिता वीरबहादुर बुढाको कोखबाट जन्मिएका कार्मा बुढा सानै देखि चन्चले स्वभावका थिए । उनी राजनीति प्रति निकै चासो राख्थे । जनसेवा र राजनीति उनका प्राथमिक विषय हुन । २०४६ साल देखि विद्यार्थी राजनीतिबाट उनले नेपाली काँग्रेसको राजनीति शुरु गरे । जुम्ला बहुमुखी क्याम्पसमा कोषाध्यक्ष समेत भए ।
सानै देखि जिल्लाको विकासमा अग्रसर हुने उनी काँग्रसभित्र पनि सबै कार्यकर्ताको समान नेतृत्व हुन ।बीचमा उनले विभिन्न क्षेत्रमा रहेर समाजसेवा गरे । राजनीतिक पृष्ठभुमिमा हुर्किएका बुढा राजनीतिमा हुने संकिर्णबाद भन्दा निकै फराकिलो छन । उनले भने,‘राजनीति पनि समाजसेवा हो । सबैका लागि राजीनिति भन्ने मान्यता स्थापित गर्न जरुरी छ । ’ उनका पिता वीरबहादुर बुढा पञ्चायतकालमा दुइपटक प्रधानपञ्च भएर काम गरेका थिए ।

Next Post

मंसिर २१ र २२ गते काठमाण्डौँमा गर्जदै गजेन्द्र

९ मंसिर २०७८, बिहीबार ०८:५८
कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महत कर्णालीका आक्रोश हुन । कर्णालीका हरेक सवालमा राज्य बेखबर भएको भन्दै सांसदमा उनी निरन्तर खबरदारी गर्छन । आक्रोश पोखेर जनताको आवाज बोलिरहन्छन । तर सांसद महतले यो पटक फरक शैलीको आन्दोलनको स्वरुप लिएर काठमाण्डौँँ जादैछन । उनी यो पटक सांसदमा बोल्ने […]