जुम्लामा बस दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

  ।   १५ मंसिर २०७८, बुधबार ११:४३

जुम्ला कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला देखि नेपालगंजका लागि छुटेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालक दैलेखका नविन रावल र सहचालक कालिकोटका विशाल बमको घटनास्थलमै मृत्यु भएको हो ।
सिँजा गाउँपालिका २ स्थित घोडेङ्गामा ना ६ ख ४४३८ नम्वरको बस बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिई । उनका अनुुसार दुर्घटनामा परेर दुई जना घाइते भएका छन ।
घाइतेलाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । घाइते हुनेमा कनकासुन्दरी गाउँपालिकाका बिरबल घर्ति,युक्ती कार्की रहेको डिएसपी चन्दले जानकारी दिए ।
बस दुर्घटनामा परेको विहान ८ बजे थाहा भएको थियो, उनले भने,‘अहिले सम्म बसमा दुई जना मात्र यात्रु सवार रहेको बुझिएको छ । उहाँहरु दुवै जना घाइते हुनुहुन्छ । ’
जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई सहित सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेको छ । प्रमुख जिल्ला अधिकारी प्रसाइले बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइन ।

Next Post

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

१५ मंसिर २०७८, बुधबार ११:४३
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। तीन दलीय गठवन्धनमार्फत कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले विश्वासको मत लिँदा चार दलको समर्थन पाए। बुधबार भएको मत विभाजनमा मुख्यमन्त्री शाहीले २२ सांसदको समर्थन प्राप्त गरे। उनको विपक्षमा शून्य मत खस्यो। गत बैशाख २ गते भएको सहमति अनुसार कात्तिक […]