योग दिवसको अवसरमा योगा अभ्यास शिक्षा

  ।   २९ पुष २०७७, बुधबार १२:५१


राष्ट्रिय योगा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय जुम्ला र जनस्वास्थ्य सेवा कार्यालय आयूर्वेद शाखाले योगा अभ्यास गरेर शिक्षा दिएको छ । नेपाली सेनाको टुडिखेल मैदानमा आयूर्वेद शाखा जुम्लाका प्रमुख प्रतिभा शर्माले योगा अभ्यास गराएकी हुन ।
टुडिखेलमा विहान ८ बजेबाट साढे ९ बजे सम्म योगा तथा ध्यान अभ्यास गराईएको थियोे । योगा अभ्यास गर्दै आयूर्वेद डाक्टर शर्माले योगा नियमित गरे कुनै पनि मानिसको आयु बढ्ने भएकाले सरोकारवालाहरुलाई निरन्तरताको लागि अनुरोध गरे ।
गरौ योग डटेर, कोभिड जान्छ हटेर भन्ने मुल नाराका साथ यो बर्ष राष्ट्रिय योग दिवसमनाउन थालिएको हो । सोही अनुसार योगा अभ्यास सिकाउन जरुरी रहेको भन्दै आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने,‘माघ १ गते मनाईदै आएको दिवसको पूर्व सन्ध्याको योगा अभ्यास अत्यान्तै महत्वपूर्ण भएको छ । यसका लागि आयूर्वेद चिकित्सक सहित सरोकारवाला प्रति आभारी छु ।’
प्रजिअ थापाले अव जुम्लामा योगा अभ्यासलाई थप निरन्तरता दिन आवश्यक रहेको बताउदै सवैले योगा नियमित गर्न जोड दिए ।
योगा दिवसमा सरकारी निकाय, नागरिक समाज, उद्योगी व्यापारी, पत्रकारहरु सहित सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
यस्ता छन् १२ आसन 
दिवसको अवसरमा योगा अभ्यासमा विभिन्न आसन मध्य १२ वटा आसन गरिएका छन् । ति आसनहरु निरन्तरता दिएमा राम्रो हुने स्वास्थ्य विज्ञान पनि बताउछ । डाक्टर शर्माका अनुसार १२ वटा आसन ताडासन, त्रियकताडा आसन, बृक्षासन, पद्मासन, धनुरासन, अर्ध मत्स्यान्द्रासान, बज्रासन, सुप्त बज्रासन,बलासन, गोमुखासन, मकरासन, भुजुङ्गासन, नौकासन, पवनमुक्तासन, धनुआसन, सवासन रहेका छन् । आसनको अन्तिमा ध्यान समेत गरिएको थियो ।
कोभिडमा क्वारेन्टाईन र आईसोलेशनमा योगा 
योग स्वास्थ्यका लागि सवै भन्दा महत्वपूर्ण भएकाले योगा अभ्यास अनिवार्य रहेको आयुर्वेद डाक्टरहरुले बताएका छन् ।
सोही अनुसार जुम्लामा जनस्वास्थ्य सेवा अन्तरगतको आयूर्वेर्द शाखाले योगा शिक्षा दिईरहेको छ । कोभिडको समयमा होस वा कुनै पनि समयमा आयूवेर्द शाखाले मानिसको स्वास्थ्य जोगाउने महत्वपूर्ण विद्या योगअभ्यास भएको भन्दै शिक्षा दिदै आएको छ ।
आयूवेर्द शाखाले कोभिड संक्रमित भएका र क्वारेन्टाईनमा बसेका व्यक्तिहरुका लागि समेत योगा अध्यास दिदै आएको छ । संक्रमित आईसोलेशनमा बसेका एक सय ३० जनालाई निरन्तर योग अभ्यास गरिएको डाक्टर शर्माले बताए । यसैगरी जिल्लाका स्थानीय तहहरुका १२ वटा क्वारेन्टाईनमा योगा अभ्यास गरिएको समेत जानकारी दिए ।
यसैगरी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन जुम्लामा विहान ८ बजे ¥याली सहित टुडिखेलमा जम्मा हुने बजार परिक्रमा गरि कोणसभामा टुंगाउने प्रजिअ थापाले बताए ।

Next Post

प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सुरु, बृहत पूर्ण इजलासमा जानेबारे सरकारी पक्ष असहमत

२९ पुष २०७७, बुधबार १२:५१
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन छन्। रिट निवेदकरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बृहत पूर्ण इजलासमा लैजान पर्ने भन्दै निदवेदन दिएका छन्। यो मुद्दा किन बृहत पूर्ण इजलासमा लैजानु पर्ने भन्नेबारे बहस भएको छ। सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बृहत पूर्ण […]