संकटमा कर्णालीका पर्यटन गन्तव्य

  ।   २८ पुष २०७८, बुधबार १७:२८

गोल्डेन बुढा,

जुम्ला,पुस २८।
कोरोना महामारीका कारण कर्णालीको पर्यटन क्षेत्र खस्कदै गएको छ । पछिल्लो समयमा कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक आवागमन निकै कम छ । सुर्खेत कालिकोट हुदैँ नाग्म गमगडी सडकबाट आवतजावत गर्ने पर्यटक संख्या निकै घटेको हो । पहिले एकैदिनमा ५० देखि एकसय सम्म पर्यटक गाडी आवतजावत गरिरहेका हुन्थे । अहिले तीनमा पाँच देखि सात वटा गाडी मात्र गुड्छन ।
मुगुको रारा हुदै जुम्लाको चन्ददननाथ मन्दिर अवलोकन गर्ने पर्यटकको संख्या निकै न्युन रहेको तथ्यांकले देखाएको छ । चन्दननाथ मन्दिर कर्णालीको धार्मिक पर्यटनको गन्तव्य हो । बढ्दो कोरोना र चिसोका कारण बाह्य पर्यटकको संख्या निकै कम भएपछि पर्यटकीय क्षेत्र ओझेलमा परिरहेको चन्दननाथ भैरवनाथ गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायतले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक बर्षमा ५ सय ३० जना पर्यटकले मात्र चन्दननाथ भैरवनाथ मन्दिरको अवलोकन गरेका छन । यो पटक पर्यटक नआउने भएकोले व्यवस्थित लिष्ट राख्न सकिएको छैन । उनले भने,‘कोरोना महामारीले चर्को रुप लिदै आएको पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न सकेका छैनन । जसले कर्णालीको पर्यटन क्षेत्र धरापमा छन । ’
चन्दननाथ गुठी समितिको तथ्यांक अनुसार आर्थिक बर्ष २०६७÷०७७ झण्डै १० हजार पर्यटकले चन्दननाथ मन्दिरको अवलोकन गरेका थिए । आर्थिक वर्ष २०७७÷०७८ मा २० हजार भन्दा बढी पर्यटकलले दर्शन गरे । तर कोरोना महामारीको कालमा पर्यटक आउने वातावरण नै बनेन । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसंगै राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गरेर फर्कने पर्यटकहरु बढ्दै गएका थिए । कर्णाली पर्यटकीय हिसावले निकै महत्वपुर्ण क्षेत्र मानिएको थियो ।
यहाँ आउने पर्यटकले चन्दननाथ मन्दिरको इतिहास बारे बुझ्ने,मन्दिरमा दर्शन गरे मनोआकांक्षा पुरा हुने र थेसिस गर्ने लगायतका कारणले अवलोकन गर्ने गरेको गुठि समितिका सचिव जीतबहादुर महतले जानकारी दिए । उनले भने,‘कर्णाली पर्यटकीय हिसावमा निकै पुर्ण छ । तर बेलाबखतमा आउने महामारीका कारण पर्यटन क्षेत्र उस्कन सकेको छैन । कर्णालीले आफ्नो सुन्दरता र महत्व झल्काउन पाएको छैन ।’
बर्षायाममा हिलो र हिउँदमा हिमपातका कारण कर्णाली राजमार्गमा यात्रा सहज छैन । हवाई सेवा नियमित छैन । उनले भने,‘जुम्लाको सुन्दरता जुम्लामै सिमित हुन पुगेकोछ । जिल्ला प्रशासन कर्यालयको सुझावका आधारमा मन्दिरमा आउने पर्यटकको रेकर्ड राख्ने गरिएको छ । गुठि समितिको कार्यालयका सुब्बा रत्नप्रसाद आचार्य कोरोनाले जनजीवन चौपट भएको बताउँछन ।
कतिपय पर्यटकले जुम्लाको मनोरम दृश्य अवलोकन गरेर रमाउँछन । केही पर्यटक १४ सय वर्ष पुरानो ऐतिहासिक मन्दिरको बारेमा चासो राख्दछन । उनले भने,‘एतिहासिक महत्व र सुन्दरताको हिसावले जुम्ला निकै अग्रभागमा छ । कर्णालीको तत्कालिन सदरमुकाम समेत रहेको जुम्ला खलंगामा आउने पर्यटकले जुम्लामै परिक्षण भएर विस्तार भएको कालीमार्सी धान,सबैभन्दा उच्च स्थानमा धान फल्ने छुमचौर जीउलो,पहिलो पटक मार्सीधान परिक्षण गरिएको तातोपानी स्थित गुरुफोक्टो र मार्सीधानको खेति प्रारम्भ गर्ने चन्दननाथ बाबाको बारेमा समेत पर्यटकको ध्यान केन्द्रीत हुन्छ ।
यहाँको चन्ददनाथ मन्दिरमा दैलेख जिल्लाको महावै जगन्नाथ मन्दिरबा ल्याएको दियो बर्षभरी बलिरहन्छ । त्यो दियो निभेको खण्डमा अशुभ हुने मान्यता छ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाका दिन दैलेख जाने र त्यहाबाट नयाँ दियो ल्याउने चलन छ । समितीका सुब्बा आचार्य जुम्लामा पर्यटन आकर्षण गर्ने महत्वपुर्ण कडि भनेको चन्दननाथ मन्दिर भएको बताउँछन ।
पर्यटक आवागमन कम हुदै गएपछि मन्दिरमा भेटि चढाउनेको संख्यामा समेत कमि आएको छ । चालु आर्थिक बर्षमा पर्यटकले चढाएको भेटी स्वरुप ३ लाख ३ हजार ८ सय ३० रुपैयाँ संकलन भएको छ । बाह्य भन्दा आन्तरिक पर्यटकले यो मन्दिरको अवलोकन गर्छन्, तर आन्तरिक पर्यटक भन्दा बाह्य पर्यटकले दक्षिण बढी चढाउँछन ्। आन्तरिक पर्यटकले न्युनतम ५ देखि अधिकतम १० रुपैयाँ सम्म भेटी चढाउने गरेकोमा बाह्य पर्यटकले भने ५० रुपैयाँ ५ सय भन्दा बढी दक्षिणा दिने गरेका छन । कर्णालीमा भित्रिने पर्यटकले फोटो शेषन गर्छन्,। मन्दिरको इतिहास वुझ्न रुची देखाउँछन । रारातालको अवलोकन गरेर रमाउँछन ।
जुम्लामा आउने मन्त्रीदेखि प्रधानमन्त्री,सरकारी अधिकारीदेखि सुरक्षाकर्मी,सर्वसाधारणदेखि सामाजिक अभियान्तासम्मले दर्शन अवलोकन गर्ने गरेका छन् ।

Next Post

पाँच महिनामा ४ लाख राजश्व संकलन

२८ पुष २०७८, बुधबार १७:२८
गोल्डेन बुढा, जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा झण्डै ४ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार ३ लाख ८२ हजार ८ सय ६८ रुपैयाँ संकलन भएको छ । गाउँपालिकाले विभिन्न शिर्षकबाट राजश्व सकंलन गरिरहेको गाउँपालिकाका राजश्व प्रमुख तिलप्रसाद पाण्डेले जानकारी दिए । जसमध्ये गाउँपालिकाबाट १ लाख ७८ […]