जुम्लामा सार्वजनिक सेवा पाउन खोप कोर्ड अनिवार्य

  ।   २८ पुष २०७८, बुधबार १९:२०

जुम्ला–जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । २७ पुसमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले बताइन् । यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ ।

७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । कोभिडविरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले बताएको छ ।

संक्रमणको दोस्रो लहरमा २३ जनाको मृत्यु 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० वैशाख ०७७ देखि कोरोना परीक्षण ल्याब सञ्चालनमा आएको छ । कोरोना संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोरोना परीक्षण भएको छ ।

यसमध्ये ४ सय ६३ जना नागरिकमा कोरोना संक्रमण देखिएको थियो । दोस्रो लहरको कोरोना संक्रमण जुम्लामा ०७८ वैशाखदेखि संक्रमण देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजोन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोरोनाविरुद्धको खोप लगाएका छन् भने पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।

Next Post

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

२८ पुष २०७८, बुधबार १९:२०
जुम्ला,पुस ३०। कर्णालीमा स्याउ र ओखर खेतीको संभावनालाई मध्यनजर गर्दै स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग गरिएको छ । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र भुमि व्यवस्था तथा कृषिमन्त्री समक्ष कर्णालीबासीले स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग गरेका हुन । कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीको नेतृत्वको […]