सेनेटरी प्याडमा आत्मनिर्भर बन्ने सिँजाली महिलाको अठोट

  ।   ८ माघ २०७८, शनिबार १०:००

जुम्लाको सिँजा गाउँपालिकाका महिलाहरुले सेनेटरी प्याडमा आत्मनिर्भर बन्ने अठोट लिएका छन । अधिकांस महिलाले महिनावारी हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने अवस्था भएपछि उनीहरुले आफनै गाउँबस्तीमा आफ्नै अनुकुलताको सेनेटरी प्याड बनाउन थालेका हुन ।
अहिले उनीहरु घरेलु तरिकाले सेनटरी प्याड बनाउदै आएका छन । उनीहरु बजारदेखि खरिद गरेर लिएको प्याड भन्दा पनि गाउँमै आफैले बनाएको प्याड प्रभावकारी भएको बताउन थालेका छन । सिँजा गाउँपालिकाकी लक्ष्मी घर्ति सेनेटरी प्याड बनाउन थालेपछि कुनै पनि समस्या नभएको बताउँछिन । बरु उल्टै सुरक्षित भएको अनुभुति हुने गरेको सुनाउँछिन ।
उनले भनिन्,‘पहिले प्याडको प्रयोग गर्ने बारे जानकारी नहुँदा महिनावारी हुदा समस्या हुने गरेको थियो । अहिले आफ्नै घरमा रहेको साधनस्रोतको प्रयोग गरेर प्याड बनाउन सिकेका छौँ । प्याड किन्नु पर्दैन, बरु कहीकतैबाट माग आएको खण्डमा प्याड बनाएर बेच्न सक्ने सम्म भइसकेका छौँ । ’


स्थानीय जमुना चौलागाई अहिले किशोरी देखि महिला सम्मले आफैले प्याड बनाएर प्रयोग गर्ने गरेको बताइन । प्याड बनाउने कपडा राम्रो र संक्रमण नहुने खालको हुनुपर्छ । प्रयोग गरिसकेको प्याड तातोपानीमा साबुनपानीले धोएर पुन गर्न मिल्ने गरि बनाउने गछौँ । आफै प्याड बनाउन थालेपछि रुपैयाँको पनि बचत भएको छ । आफैमा सुरक्षित भएको समेत महसुस हुन्छ । ’
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग पेस नेपालको साँझेदारीमा सञ्चालित खानेपानी सरसरफाई स्वच्छता उत्थानशिल परियोजना अन्र्तगत दुइ दिने प्याड बनाउने तालिम लिएपछि सिँजाका महिला प्याड किन्नकै लागि मेडिकल र स्वास्थ्य संस्थामा धाउनु नपरेको बताउँछन । पेस नेपालका परियोजना संयोजक हेमराज भट्टले समुदायमा रहेका महिलामा आफ्नै घरमा सियोले बुनेर सेनेटरी प्याड बनाउन सक्ने सीपको विकास भएको बताए ।


उनले भने,‘अहिले गाउँमा महिला आफै प्याड बनाउन सिकेपछि निकै सहज भएको अनुभुति गर्न थालेका छन । ’ सिँजा गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर रोकाया प्याडको दिगोपनाको लागि यहाँका महिला आत्मनिर्भर बन्ने दिसामा रहेको बताए । उनले भने,‘पहिले यहाँका महिला प्याड प्रयोग गर्न लजाउँथे । महिनावारीका प्रसंगमा छलफल गर्न पनि मान्दैनथ्ये । तर अहिले महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड बनाउन सिकेका छन । खुलेर महिनावारीको बारेमा छलफल गर्छन । महिनावारीको बारेमा देखिएको सामाजिक विभेद अन्त्यका बिषयउमा आवाज उठाउन सक्ने भएका छन । यो निकै सकरात्मक पक्ष हो ।’ तालिममा निकै व्यवहारीक ज्ञान प्रदान गरेको पेस नेपालका हरी शर्माले जानकारी दिए । लक्ष्मी घर्ति तालिमले धेरै ठुलो विकास गरेको छ । व्यवसायी रुपमा अघि

Next Post

बाढीपीडितका लागि कर्णाली सरकारद्वारा १२ करोड निकासा

८ माघ २०७८, शनिबार १०:००
कर्णाली– कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि  १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो । बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत […]