जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना  

  ।   १३ माघ २०७८, बिहीबार १४:५९

गोल्डेन बुढा,

जुम्ला,माघ १३।
कोरोनाको तस्रो लहरको संक्रमणलाई मध्येनजर गर्दै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडी एकीकृत हेल्प डेस्क स्थापना भएको हो ।
हेल्प डेस्कबाट सेवाग्राहीलाई कोरोनाका तेस्रो लहरको बारेमा सचेत गराउने,कोभिड १९ विरुद्धको खोप लगाउने,शंकास्पद व्यक्तिका लागि आरडिटी र एन्टीजेन टेस्ट गर्ने, मास्क बैंकको व्यवस्था गर्ने र ज्वरो मापन तथा कोभिड १९ बारेमा जनचेतना प्रदान गरिनेछ ।
कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको निर्णय बमोजिम नै एकीकृत हेल्प डेस्क स्थापना भएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन् । उनले सबैको समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिइन ।
जिल्ला प्रशासन कार्यालय जुम्ला,जनस्वास्थ्य कार्यालय जुम्ला,चन्दननाथ नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सयुंक्त रुपमा एकीकृत हेल्प डेस्क स्थापना गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।
मास्क,स्यानीटाइजर आरडीटी एन्टीजेन टेस्ट र खोपहरुको व्यवस्थापन जनस्वास्थ्य कार्यालयले गरेको छ । एकीकृत हेल्प डेस्कले जनस्वास्थ्यका मापदण्डहरुलाइ प्रर्वद्धन गर्ने छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने महामारीलाई मध्यनजर गर्दै हेल्प डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन । कोरोना संक्रमण बिरामीको पहिचानका गर्न लागि एकीकृत हेल्प डेस्क सञ्चालनमा ल्याएको हो । कोभिड १९भाइरस सङक्रमण हुन नदिन जनचेतना मुलक सन्देश प्रवाह गर्न पनि हेल्प डेस्कको महत्वपुर्ण योगदान हुनेछ ।
कोरोना भाईरस कोभिड १९ का बारेमा जानकारी दिन र विरामीको पहिचान तथा चेकजाँच‚सवारी साधनमार्फत जुम्लाबाट बाहिरीने र भित्रिने यात्रुहरुलाई कोरोना भाईरसबाट बच्ने उपाय र रोगका लक्षणबारे जानकारी गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको चन्दननाथ नगरपालिका जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रवहादुर महत बताउँछन । डेस्कले विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई समन्वय गरी सहयोग गर्ने उनी बताउँछन ।

Next Post

संकलन पुर्जी बिना लैजाँदै गरेको जडिबुटी प्रहरी नियन्त्रणमा

१३ माघ २०७८, बिहीबार १४:५९
जुम्ला,माघ १३। जुम्लामा संकलन पुर्जी र छुट पुर्जी बिना लैजादै गरेको जटिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँ देखि सदरमुकाम खलंगातिर आउदै गरेको जडिबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा संकलन पुर्जी भेटिएन । प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने,‘दुबै ट्याक्टरमा […]