कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

  ।   २१ माघ २०७८, शुक्रबार १६:२९

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो । ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७९४पुगेको छ भने ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा थपिए ७४५ संक्रमित

यस्तै काठमाडौं उपत्यकामा शुक्रबार थप ७४५ जनामा कोरो संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा १०२, मोरङमा ८५, चितवनमा ६२, सुनसरीमा ५७, झापामा ४० र रुपन्देहीमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुरमा ३२, बाँकेमा २७, बागलुङमा २५, काभ्रेपलाञ्चोकमा २४, नवलपरासी पुर्वमा २१ र बारामा २० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Next Post

विकास निर्माणमा मुख्यमन्त्रीको निगरानी

२१ माघ २०७८, शुक्रबार १६:२९
सुर्खेतको वीरेन्द्रनगर–७ को चपाई टोल हुँदै दैलेख रोड जोड्ने सडक निर्माणका लागि अघिल्लो वर्ष माघ २१ गते सुवाश निर्माण सेवासँग संघीय आयोजना कार्यान्वयन इकाईले सम्झौता गर्‍यो। कोरोनाका कारण सम्झौता अवधि चैत मसान्तसम्म थपिएको छ। निर्माण कम्पनीले सडक ग्राभेल गर्नका लागि गिट्टी थुपार्दा महिनौंदेखि यो सडकमा चार पांग्रे साधन चलेका छैनन्। […]