कोरोनाबाट देशभर थप ९ जनाको मृत्यु

  ।   २२ माघ २०७८, शनिबार १८:१२

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। यो सँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ रहेको छ।

सोही क्रममा देशभर १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५२ हजार ७८० जना कोरोनाका संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Next Post

हिउँ हटाएपछि विमानस्थलमा जहाज अवतरण

२२ माघ २०७८, शनिबार १८:१२
जुम्ला विमानस्थलको धावन मार्गमा जमेको हिउँ हटाएपछि जहाजले अवतरण गरेका छन्। तारा र समिट एयरको जहाजले एक एक उडान भरेका हुन्। विमानस्थल प्रमुख सन्तोष अधिकारीले चार घण्टाको अथक मेहनतपछि हिउँ पन्छाइएको बताए। धावनमार्गमा एक फिट हिउँ जमेको थियो। विहानैदेखि जिल्ला प्रशासन कार्यालय जुम्लाको अगुवाइमा हिउँ पन्छाउने कार्य सुरु भएको थियो। […]