कोरोनाबाट थप ११ जनाको मृत्यु

  ।   २३ माघ २०७८, आईतवार १७:१३

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१४ रहेको छ।

सोही क्रममा देशभर १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन्।

Next Post

देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटारमा

२३ माघ २०७८, आईतवार १७:१३
२३ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड […]