प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, निर्वाचन मिति घोषणा गर्ने तयारी

  ।   २४ माघ २०७८, सोमबार १३:३२

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। देउवाले सोमबार (आज) दिउँसो तीन बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको बुझिएको छ। निर्वाचन आयोगले आगमी जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो।

यस्तै, आइतबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, र नेकपा माअ‍ेवादीसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए।

Next Post

स्थानीय तहको निर्वाचन वैशाख ३० मा

२४ माघ २०७८, सोमबार १३:३२
काठमाडौँ — सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् । यद्यपि मन्त्रिपरिषद्‍को बैठक अहिले चलिरहेको छ । मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श […]

सम्बन्धित