भारतमा यस्तो छ परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रम

  ।   १ माघ २०७७, बिहीबार १४:४४

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञवालीलाई स्वागत गरेपछि अधिकारीहरुबीच फोटो सेसन हुनेछ। ज्ञवालीको आज अन्य औपचारिक कार्यक्रम छैन। शुक्रबार ११ बजे भारतीय समकक्षी एस. जयशंकरसँग हैदरावाद हाउसमा औपचारिक भेटघाटको कार्यक्रम रहेको छ। ११:३० बजे नेपाल-भारत संयुक्त आयोगको बैठकमा ज्ञवाली सहभागि हुनेछन्। उक्त वैठक हैदरावाद हाउसमै हुनेछ।

ज्ञवालीले भारतमा रहँदा नेपाली समुदायका कार्यक्रमलाई समेत सम्वोधन गर्ने छन्। ज्ञवालीका अन्य राजनीतिक भेटघाटबारे भने प्रष्ट पारिएको छैन। उनी शनिबार २ बजे नेपाल फर्कने छन्।

Next Post

पुस हाल्या (बनाएका) टाट्या (पुरी) माघ खान्या

१ माघ २०७७, बिहीबार १४:४४
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले ‘मकर संक्रान्ति’ पनि भनिन्छ। सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने […]