उडिरहेको विमानमा सर्प भेटिएपछि………………………..

  ।   ४ फाल्गुन २०७८, बुधबार ०८:३१

मलेसियामा आन्तरिक उडानमा रहेको एयर एसियाको एक विमानमा सर्प भेटिएपछि त्यसलाई अन्यत्र मोडिएको छ। उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ। सामाजिक सञ्जालका एक प्रयोगकर्ताले जहाजमा देखिएको सर्पको फोटो सार्वजनिक गरेका थिए।

‘यो अत्यन्तै दुर्लभ घटना हो,’ एयर एसियाका चिफ सेफ्टी अफिसर लियोङ टेन लिङले सिएनएन ट्राभललाई पठाएको एक वक्तव्यमा लेखेका छन् । यात्रु विमानमा सर्प रहेको थाहा पाएपछि चालकले त्यसलाई कुचिङ सहरतर्फ मोडेका थिए।

विमानलाई कुचिङमा अवतरण गरेर ‘फ्युमिगेसन’ गरिएको थियो। विमानमा सर्प लुक्न सक्ने सम्भावित स्थान पनि सफा गरिएको थियो। ‘यात्रु तथा उडान कर्मचारीको सुरक्षा हाम्रो सबैभन्दा ठुलो प्राथमिकता हो,’ सो हवाई सेवाले भनेको छ।

Next Post

जुम्लामा जातीय भेदभाव कायमै,सचेतना फैलाउनु पर्नेमा जोड

४ फाल्गुन २०७८, बुधबार ०८:३१
गोल्डेन बुढा, जुम्ला,फागुन ४। संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएपनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन् । तुलनात्मक रुपमा जातीय विभेदमा कमी आएको भएपनि अझै पनि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद हुने गरेको दलित अगुवा युवा महेश […]