अदालतले पक्राउ पुर्जी दिएपछि सांसद बानियाँ खोज्दै बाँके प्रहरी

  ।   ४ फाल्गुन २०७८, बुधबार १७:४६

जुम्ला,फागुन ४।
जिल्ला अदालत बाँकेले नेकपा एमाले मुगु जिल्ला खत्याड गाउँपालिकाका ३ का ५७ बर्षिय समानुपातिक साँसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पुर्वमन्त्री समेत रहेका बानियाँको विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बलात्कार मुद्धा दर्ता भएको थियो ।
जुम्लाकी नेपालगञ्ज २ नाम गरेकी एक महिलाले सांसद बानियाँले नेपालगञ्ज स्थित एक होटलमा बाँनियाले जबरजस्तीकरण गरेको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनी माथि पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
उनले भने,‘बानियाँविरुद्ध बुधवार नै अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सांसद बानियाँलाई पक्राउ गर्न खोजिरहेका छौँ । ’ बानियाँविरुद्ध माघ २४ गते ती महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । बहालवाला सांसदलाई सभामुखको अनुमुति बिमा जाहेरी दर्ता गर्न नसकिने भन्दै प्रहरीले मुद्धा दर्ता गर्न मानेको थिएन । चौतर्फी दबाव पछि बाँके प्रहरीले माघ २७ गते मुद्धा दर्ता गराएको थियो । पीडित महिलाले जाहेरी दिएको चार दिनपछि मात्र प्रहरीले मुद्धा दर्ता गरेको थियो ।
पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान कार्य अघि बढाउनको लागि माग गरेकी थिइन । माघ महिनाको १९ गते बिहान ५ बजे बाँके नेपालगञ्ज उपमहानगरपालिका २ स्थित अप्सरा होटलको कोठा नम्बर २१५ मा बलत्कार गरेको जनाएकी छिन्।
सांसद बानियाँले २०७६ मंसिर ८ मा सामुहिक रुपमा व्यापार गर्ने भन्दै पीडित महिलाबाट २५ लाख रुपैयाँ लिएका थिए। त्यो रकम फिर्ता गर्नको लागि पटक पटक पीडित महिला संग छलफल तथा भेटघाट गरेका थिए। सांसद बानियाँरुपैयाँ दिन्छु भन्दै माघ १८ गते सुर्खेत पुगेका थिए।
तर, सुर्खेतमा भेट हुँदा रुपैयाँ नभएको भन्दै नेपालगञ्जमा आफन्तले रकम जम्मा गरिसकेकोले संगै नेपालगञ्ज जान दबाव दिए। उनले अप्सरा होटलको २१५ नम्बर कोठा बुक गरिदिएका थिए। पीडित नेपालगञ्ज २ ले भनिन्,‘मैले घर जान्छु।भोलि विहान रुपैयाँ ल्याइदिनु भने तर अबेर सम्म रकम आउने भन्दै होटलमै बस्न दबाव दिए। म रुपैयाँ आउने आसैआसमा होटलमा बसेँ। बिहान ५ बजे सांसद बानियाँले ढोका ढकढकाएर रुपैयाँ आइसकेकोले लिन आग्रह गर्दै ढोका खोल्न लगाए।
मैले खुसीका साथ ढोका खोले पीडितले भनिन्,‘ढोका खोल्ने वित्तिकै उनले जबरजस्तीकरण गर्न खोजे। मैले अस्वीकार गरे। करणी गर्न नदिए यही कोठामै मारीदिन्छु भनेर धम्की दिए। म होटलबाट बाहिर निस्कँदा करणी गरेको कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका थिए। म माथि परेको अन्याय सहन नसकेर म जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन पुगे।’ सांसद बानियाँलाई अनुसन्धानको दायरामा ल्याएर हदै सम्मको कारबाही गर्न माग गरिएको छ। पीडित महिलाको स्वास्थ्य जाँच भइसकेको प्रहरीले जनाएको छ।

Next Post

खेतियोग्य जमिन मासेर ठडिए घरैघर

४ फाल्गुन २०७८, बुधबार १७:४६
जुम्लाको लाइजीउँलोमा एक दशक अघिसम्म धान, जौँ र समय अनुसारको अन्नवाली लहलाउँथ्यो। अन्नवालीले यो जीउलो निकै हरियाली हुन्थ्यो। लाग्थ्यो,‘यो अन्नवालीका लागि उर्वर भुमि हो।’ यहाँको उत्पादनले १२ महिना सम्म खान पुग्थ्यो। गाडी नपुगेकोले यहाँका स्थानीय रैथाने खाद्यन्नमा आत्मनिर्भर थिए। तर, जब कर्णाली राजमार्गको ट्रयाक खुल्यो। तब देखि नै यहाँको खेतियोग्य […]