प्याकुरेबाडा–मुडुरी हुदै डोल्पा जोड्ने सडक शिलान्यास

  ।   ११ फाल्गुन २०७८, बुधबार ०८:१७

गोल्डेन बुढा,गुठिचौर,

जुम्लाको गुठिचौर गाउँपालिका ४ को प्याकुरेबाडा – मुडुरी हुदैँ डोल्पा जोड्ने सडक शिलान्यास भएको छ । गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी सडकको शिलान्यास गरेका हुन । जुम्ला खलंगाबाट दानसाँघु,गज्र्याङकोट हुदै डोल्पा जाने सडक अहिले चलिरहेको छ । त्यो सडकमा अहिले साना सवारी चलिरहेका छन ।
प्याकुरेबाडा –मुडुरी,गोठिगाउँ हुँदै डोल्पा जोड्ने सडक पनि शिलान्यास भएको हो । यो सडक हिउँदको लागि निकै उपयुक्त हुनेछ । डोल्पा सडक पुर्याउनका लागि दुहियाभिड फोड्नु पर्ने अध्यक्ष भण्डारीले बताए । उनले भने,‘गाउँपालिकाको सबैतिरबाट डोल्पा जोड्नको लागि सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ । यसले डोल्पा जुम्लाको व्यापारीक सम्बन्धलाई बलियो बनाउने देखिएको छ । ’
गुठिचौर देखि डोल्पा सम्म सडक पुर्‍याउनका लागि २ करोड ६० लाख रुपैयाँ विनियोजना भएको छ । सडक निमार्ण गर्न गुठिचौर गाउँपालिकाको १ करोड ३० लाख तथा कर्णाली प्रदेशको समपुरक बजेटबाट १ करोड ३० रकम विनियोजन भएको अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।
सडक शिलान्यास गर्दै अध्यक्ष भण्डारी सडकको गुणस्तरीयता र मापदण्डको बिषयमा ख्याल पुर्याउन आग्रह गरे । काम चलाउनका लागि सडक खन्नु आवश्यक छैन । सडकको चौडाइँ,लम्बाइ र गुणस्तरमा ध्याय दिनु पर्नेमा जोड दिए ।
सडक शिलान्यास गर्न गुठिचौर ४ का वडाध्यक्ष जग्गीप्रसाद जैसी, प्रमुख प्रशासकीय अधिकृत मदन प्रसाद देवकोटा सव इन्जिनियर मिमबहादुर भण्डारी,योजना शाखा प्रमुख विष्णुप्रसाद देवकोटा र स्थानीय सहभागि थिए ।
यो सडक निर्माण पछि डोल्पा जान निकै छिटो छरितो हुने अध्यक्ष भण्डारीले बताए । अन्य सडक भन्दा त्यो सडक छोटो हुनेछ,अध्यक्ष भण्डारीले भने,‘यो सडकमा १२ महिनाको लागि सहज यात्रागर्न सकिनेछ । हिलो,धुला,हिउँको कुनै प्रवाह हुने छैन । अहिले हिलो,हिउँको समस्याबाट छिटै मुक्ति मिल्ने छ । ’
जुम्ला र डोल्पाको व्यापारी नाका गुठिचौर गाउँपालिका हो । व्यापारका सामान आयत तथा निर्यात गर्न सजिलो हुने ४ का वडा अध्यक्ष जग्गी प्रसाद जेैसीले बताए । उनले भन्ने‘ जुम्लाको जडिबुटी र स्याउ,डोल्पाको बहुमुल्या यार्सागुम्बा सहितका जडिबुटी ओसारपसार गर्न राहत पुग्नेछ । यो कर्णालीको लागि निकै लाभदायक सडक हुनेछ । ’
सडक शिलान्यास गरिसकेपछि गुठिचौर ४ का १ सय ११ जना जेष्ठ नागरिकहरु लाई सम्मान गरिएको थियो । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको हो । महिलाहरूलाई एक पछौरा र पुरुषलाई एक कम्बल उपलब्ध गराएको वडा अध्यक्ष जग्गी प्रसाद जैसीले बताए ।

Next Post

वरिष्ठ कलाकार जयनन्द लामाकाे निधन

११ फाल्गुन २०७८, बुधबार ०८:१७
वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ। कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ। उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन्।

सम्बन्धित