जीर्ण संरचना भित्र सिँजा बहुमुखी क्याम्पस

  ।   १३ फाल्गुन २०७८, शुक्रबार १९:४२

जुम्लाको सिँजा क्षेत्रमा स्थापना भएको सिँजा बहुमखी क्याम्पस जीर्ण अवस्थामा छन । न सुविधा सम्पन्न भवन छन, न खेलमैदान छ, नत गुणस्तरीय पढाई नै । नाम मात्रको क्याम्पस छ । शिक्षकहरुले तलब नपाएको डेढ बर्ष भइसक्यो । पाएपनि मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु परिरहेको छ ।
क्याम्पस प्रमुख तिर्थ नेपाल दुर्गम क्षेत्रको शैक्षिक उन्नतीको लागि २०६६ सालमा स्थापना भएको सिँजा क्याम्पस धरासयी बन्दै गइरहेको बताउँछन । उनले भने,‘क्याम्पसमा न कसैको सहयोग छ,नत कसैको सहानुभुति नै । भगवान भरोसामा चलिरहेको छ । ’
यो क्याम्प्स गाउँमा स्थापना भएका बालविकास केन्द्र भन्दा पनि तल्लो स्तरको व्यवस्थापन भएकोले निकै समस्या भइरहेको उनी बताउँछन । व्यवस्थापन र शिक्षा शास्त्र संकायको पठनपाठन हुने यो क्याम्पसमा ३ सय जना विद्यार्र्थीले भर्ना लिएका छन । तर उनीहरुले सदरमुकाम खलंगाको जुम्ला बहुमुखी क्याम्पसमा आएर परिक्षा दिनुपर्ने बाध्यता छ ।
शिक्षक ८ जना छन । सबै पार्ट टाइममा पढाउँछन । फुल टाइमको लागि क्याम्पस प्रमुख तिर्थ नेपाल र सहायक प्रमुख रणबहादुर बडुवाल छ । झण्डै डेढ बर्ष देखि सेवा सुविधा पाएका छैनन । सबै शिक्षक स्थानीय भएकोले क्याम्पसको अस्तित्व बचाउनको लागि भएपनि पठनपाठन गरिरहेका छन ।
क्याम्पसको लागि ६ वटा भवन छन । तर निकै जीर्ण छ । दुई भवन निर्माणाधिन अवस्थामा छन । गत साउन भदौमा आएको बाढीपहिरोका कारण पाँचवटा भवन भत्किसकेका छन । त्रिभुवन विश्वविद्यालय माताहतको यो सामुदायिक क्याम्पसमा कसैको ध्यान पुगेको छैन । नाग्म गमगडी हुदै रारा जाने सडक छेउमा पर्ने यो क्याम्पसमा सबैको नजर पर्छ ।
क्याम्पसमा चरम आर्थिक समस्या छ । शिक्षकहरु आफ्नो घरको खर्चले क्याम्पस चलाउँछन । स्थानीय सरकारले बजेट छुट्याउँछ । तर बजेटको कार्यन्वयन गर्दैन । पटक पटक क्याम्पसको शैक्षिक गुणस्तरको लागि आवश्यक बजेट व्यवस्थापनको लागि माग गरिरहेका छौँ । सुनुवाई हुदैन ।
क्याम्पस प्रमुख तिर्थ नेपालले भने,‘यहाँ पढाउने शिक्षकले न्युनतम ४० देखि ५५ हजार रुपैयाँ सम्म पाउनु पर्ने हो । तर ६ हजार रुपैयाँ तलब लिएर चित्त बुझाउने गरेका छौँ । ’ क्याम्पस व्यवस्थापन समिति निस्क्रिय रहेको सिँजा बहुमुखी क्याम्पसले जनाएको छ । अहिले सम्म ५ ब्याज विद्यार्थी उत्पादन भएर फर्किएका छन । क्याम्पस चलाउन मुस्किल छ ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस ल्याउने पहल भइरहेको थियो । तर अहिले रोकिएको छ । यो क्याम्पस निकै जीर्ण छ । टाढाबाट जतिको आकर्षक देखिन्छ । नजिक जाँदा निकै जीर्ण र अब्यवस्थित छ ।
भौतिक संरचना जीर्ण छन् । नाम सिँजा क्याम्पस भएपनि ब्यवस्थापन एउटा बालबिकास केन्द्र भन्दा तल्लो स्तरको छ । त्यो भन्दा गाउँमा रहेका बालबिकास केन्द्र निकै सुविधा सम्पन्न छन् । क्याम्पसमा खेलमैदान पनि छैन् । स्थापना कालदेखि झण्डा समेत फेर्न सकेको छैन् ।
सिँजा क्याम्पसका बिद्याथीले जुम्ला बहुमखी क्याम्पस जुम्लामा आएर परिक्षा दिनु पर्ने बाध्यता छ । क्याम्पसमा शौचालय र खानेपानीको चरम समस्या छ । सिँजा बहुमुखि क्याम्पसका अध्यक्ष रणबहादुर रोकाया भन्छन्,‘बिकास बजेटले क्याम्पस धानेको छ । गाउँपालिकाले बिकास बजेट बिनियोजन गर्ने र बिकासे काम गरेर बचेको रकमले प्राध्यापक पाल्ने देखि क्याम्पस ब्यवस्थापनमा खर्च हुने गरेको छ । ’
उतिबेला गाबिस र जिविसले चल्यो, उनले भने,‘अहिले गाउँपालिकाले सहयोग गरेको छ । क्याम्पसमा दरबन्दी छैन् । उनले भने,‘ भगवान भरोसामा क्याम्पस चलेको छ । अहिले नाम मात्रको क्याम्पस बनेको छ । सम्बन्धन दिदा खेरि नै सम्पुर्ण खर्च स्थानीय समुदायले नै बेहोर्ने भनेपछि क्याम्पस चलाउन सकस भएको हो । स्थापना गर्दा विश्व विद्यालय अनुदान आयोगले ४ लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो । एक भवन बनाईदिएको थियो । त्यो भन्दा पछि दाता भेटिएको छैन् । गाविस, जिविस र गाउँपालिकाले बिकास दिएर खर्च ब्यवस्थापन गर्ने गरिएको छ ।
नाग्म गमगडी सडक छेउमै सिँजा क्याम्पस भएकोले सबैको ध्यान क्याम्पस तिरै हुने गरेको छ । तर क्याम्पसको हविगत हेर्दा निकै लाजमर्दो भएको स्थानीय बताउँछन् ।

Next Post

बगैँचा व्यवस्थापन गर्न सिकाउँदै कृषि प्राविधिक स्याउ बगैँचामा

१३ फाल्गुन २०७८, शुक्रबार १९:४२
जुम्ला,फागुन १४। जुम्लामा स्याउ बगैँचाको व्यवस्थापन तथा विरुवा काँटछाँट गर्न सिकाउने हेतुले कृषि प्राविधिक किसानको स्याउ बगैँचामा पुगेका छन । बगैँचामै पुगेर उनीहरुले स्याउको उत्पादन बृद्धि गर्नको लागि बगैँचा व्यवस्थापन र काँटछाँटमा ध्यान पुर्याउनको लागि आग्रह गरेका हुन । स्याउ सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांस किसानको बगैँचामै पुगेर स्याउ […]

सम्बन्धित