गिट्टी फोडेर घर व्यवहार चलाउँदै जुम्लाका महिला

  ।   १४ फाल्गुन २०७८, शनिबार २०:३१

गोल्डेन बुढा,
जुम्लाको गुठिचौर गाउँपालिका ४ की ४८ बर्षिया देउली जैसी घरको काम सकाएर बचेको समयमा गिट्टी फोड्छिन । उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन । उनी घरको काम पनि छुटाउँदिनन् । बचेको समय पनि सदुपयोग गरेर गिट्टी फोड्छिन । अहिले रुपैयाँ कमाउनकै लागि अधिकांसका छोरा,श्रीमान कालापहाडमा छन । उनले भनिन्,’म घरमै बसेर उनीहरु भन्दा बढि कमाउँछु । परिवार संगै रमाउँछु । ’
दुई बर्षदेखि उनले गिट्टी फोड्न थालेकी हुन । देउलीलाई ५१ बर्षिय श्रीमान पुर्ण जैसीले साथ दिने गरेका छन ।घरको काम सकाएर उनी गुठिचौर गाउँपालिका नजिकै गुट्टी फोडिरहेको अवस्थामा भेटिन्छिन । ती छोरी,दुई छोराको लत्ताकपडा र पढाइ खर्च पनि गिट्टी बेचेर कमाएको रकमले धानेको अनुभव उनको छ ।
जैसी दम्पतीले गिट्टी फोडेर बार्षिक दुई लाख रुपैयाँ सम्म कमाउँछन । कमाएको पैसा छोराछोरीको पढाइ तथा घर खर्चमा लगानी गछौँ, पुर्णले भने,‘बचेको रकम बैंकमा जग्गा गर्छौ । ’ उनका दम्पतीसँगै दर्जनभन्दा बढी महिला गिट्टी फोडेर जीविकोपार्जन गरिरहेका छन । उनीहरु सबैको कमाई रामै हुने गरेकोछ ।
अर्की हरिमाया सार्की दूधे बालक च्यापेर गिट्टी फोड्न व्यस्त छिन । बच्चाको हेरचाह गर्दै काम गर्दा पनि दैनिक ७ सय देखि एक हजार रुपैयाँ सम्म कमाइ हुन्छ । निरन्तर चार दिन गिट्टी फोड्दा एक ट्याक्टरको टर्लि भरिन्छ । ठेकेदारले एक ट्याक्टर टर्लिको तीन हजार पाँच सय रुपैयाँ देखि चार हजार रुपैयाँ सम्म दिन्छन् ।
उनीहरुले फोडेको गिट्टी जुम्लाको प्रमुख व्यापारिक केन्द्र मानिने खलंगा र तथा गुठिचौर गाउँपालिका भित्रमा खपत हुन्छ । बजारमा भन्दा गाउँमै अहिले धमाधम पक्की घर तथा सरकारी भवन निर्माण भइरहेकाले उनीहरुले तयार पारेको गिट्टीले राम्रो मूल्य पाएको छ ।
झट्ट हेर्दा यो क्षेत्र गिट्टी उत्पादन गर्ने उद्योगजस्तै देखिन्छ । यहाँ लस्करै लागेर महिलाले गिट्टी फोडिरहेका हुन्छ । दिनभर सरकारी कार्यालय तथा अन्य काममा व्यस्त रहने पुरुषले बिहान बेलुका उनीहरुका लागि खानीबाट ढुङ्गा निकाली दिने गरेका छन् । गिट्टी कुटेर कमाएको पैसा विशेषगरी छोराछोरीको पढाइमा लगानी गर्ने गरेको गुठिचौर ४ का वडाध्यक्ष जग्गी प्रसाद जैशीले बताए ।
गिट्टी कुट्ने अधिकांश महिलाको श्रीमान्,छोराहरु विदेशमा छन् ।उनले भने,‘उनीहरुले कमाएको पैसाले घर खर्च गर्छन् । श्रीमानले कमाएको पैसा बचत गर्छन् । गिट्टी कुट्ने महिला सबैको घर जस्तापाताले छाएको छन । कतिपयले अनेत्र घरघडेरीसमेत जोडेको स्थानीयवासी बताउँछन् । गिट्टी कुट्ने महिला आफूले गरेको काम प्रति गर्व गर्छन् । उनीहरु लजाउँदैनन् । उनले भनिन, ‘आफ्नो खाएर काम गर्नु पर्छ, किन लजाउनु ? आफू त सानैदेखि दुख गरेको मान्छे । समयको सदुपयोग पनि हुने कमाइ पनि हुने भएपछि निकै राम्रो मानेकी छु ।’
धन कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बनाएका युवापुस्ताको लागि यी महिला उदाहरणीय बनेका छन् । उनीहरुले बिना लगानी विदेशमा १२ घण्टा खट्ने पुरुष भन्दा बढी आमदानी गर्दै आएका छन् । यहाँ फोडिने गिट्टी अन्य क्षेत्रमा उत्पादन हुने गिट्टी भन्दा गुणस्तरीय भएकाले पनि अधिक मात्रामा खपत हुने गरेको छ ।
एक दिन गिट्टी नफोड्दा परिवारको रोजीरोटी नै संकटमा पर्ने अवस्था भएपनि ५७ बर्षि गोइली नेपाली गिट्टी फोर्न निकै सक्रिय छिन । उनले ढुंगा संग खेल्ने काम रहर नभएर बाध्यता भएको सुनाईन । घरमै बसेर रमाउने इच्छा त थियो । भोको पेटले मान्दैन । काम नगरेर खान पुग्दैन । उनले भनिन्,‘छोराछोरी भोक लाग्यो भन्दा कहाँ गएर माग्ने ? अहिले गिट्टी फोड्न थालेपछि निकै सहज बनेको छ ।

Next Post

निर्वाचन आयोग समक्ष संशोधित सुचनाको समय थप्न माग

१४ फाल्गुन २०७८, शनिबार २०:३१
गोल्डेन बुढा, जिल्ला निर्वाचन कार्यालय जुम्लाले आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा कुल ६८ हजार ७ मतदाता सहभागि हुने जनाएको छ । जुम्लामा मतदाता नामावली सहित नामावलीमा दाबी विरोधका बिषयमा जिल्ला स्थित राजनैतिक दल,स्थानीयतहका जनप्रतिनिधि र सरोकारवाला बीच अन्तरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले मतदाताको कुल संख्या सार्बजनिक गरेको […]