सेनाको हेलिकोप्टर भित्रै जन्मियो शिशु

  ।   १७ फाल्गुन २०७८, मंगलवार १४:२५

जुम्ला,फागुन १७।
गर्भवतीको उद्धार गरेर मुगु जिल्ला देखि सुर्खेत लैजाने क्रममा नेपाली सेनाको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । मुगु खत्याड गाउँपालिका ४ जुका गाउँकी २० बर्षिया गर्भवती धनलक्ष्मी रावलले सेनाको हेलिकप्टरमै छोरा जन्माएकी हुन ।
नेपाली सेनाका मेजर बिलिना मल्लका अनुसार पाइलट प्रमुख सेनानी रत्नचन्द्र श्रेष्ठले गर्वभतीको उद्धार गरेका थिए । उनले भनिन्,‘सेनाको हवाई वेस क्याम्प सुर्खेतबाट गएको हेलिकप्टरले धनलक्ष्मीको उद्धार गरेको थियो । आमा र बच्चाको अवस्था सामान्य रहेको छ । उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
सेना दिवसमा मानवीय उद्धार नमुनाको सेवा भएको नेपाली सेनाले जनाएको थियो । गर्भवतीलाई व्यथा लागेको १८ घण्टा भइसकेको थियो । बच्चा उल्टो बसेर सुत्केरी हुन सकेको थिएन । अवस्था निकै गम्भीर थियो । जतिसक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने थियो, मेजर मल्लले भनिन्,‘हेलिकप्टर गर्भवती ल्याएर उडेको ३० मिनेटमा दैलेख जिल्लाको आकाशमा बच्चा जन्मिएको हो ।
महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइको समन्वयमा नेपाली सेनाले गर्भवतीको हवाइ उद्धार गरेको थियो ।
गर्भवतीका पत्नी पञ्चलाल रावलले नेपाली सेनाको हेलिकप्टरले पत्नीको पुर्नजन्म दिएको भन्दै खुसी व्यक्त गरे । उनले भने,‘व्याथाले निकै च्यापेको थियो । यहाँ सुत्केरी हुन सक्ने अवस्था थिएन । हामी निकै आत्तिएका थियौँ । तर नेपाली सेनाको हेलिकप्टर आएकोले सकुशल उद्धार भयो । हामी खुसी छौँ ।

Next Post

सेनाको ब्यारेकमा नमुना स्याउ बगान

१७ फाल्गुन २०७८, मंगलवार १४:२५
जुम्लामा रहेका नेपाली सेनाको ब्यारेक स्याउमय बनेका छन । ब्यारेकभित्र स्याउका विरुवा रोपेर सेनाले निकै सुन्दर बगैँचा निर्माण गरेको छ । केही स्याउका बोटले फल दिन सुरु गरिसकेका छन । केही स्याउका विरुवा हुर्कदैँ छन । स्याउका विरुवामा पालुवा पलाइसकेको छ । केही स्याउका बोट फुलेर सेताम्य भएका छन । […]