जुम्लाको सिँजा ५ फोइचौरमा स्थायी प्रहरी चौकी स्थापना

  ।   ४ चैत्र २०७८, शुक्रबार ०७:५०

उमेश बुढा,सिँजा,
जुम्लाको सिँजा गाउँपालिका ५ फाईचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ । यो क्षेत्र तत्कालिन शनिगाउँ गाविस भित्र पर्छ । भौगोलिक रुपमा निकै निकट मानिएको यो क्षेत्रका स्थानीयले असुरक्षाको अनुभुति गर्दै प्रहरीचौकीको माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले प्रहरी चौकीको उद्घाटन गरिन । उनले अब सुरक्षाको अनुभुति गर्नेमा विश्वास व्यक्त गरिन । उनले भनिन्,‘भौगोलिक विकट्ताका कारण यहाँका जनताले असुरक्षाको महसुस गरिरहेका थिए । गाउँघरमा हुने सबै प्रकारका घटना बाहिर आउन सक्दैनथ्ये । अब प्रहरी चौकी स्थापना भइसकेकोले सबै प्रकारका हिंसा अन्त्य गर्न स्थानीय र प्रहरीको प्रभावकारी साझेदारी हुनेछ । ’
प्रमुख जिल्ला अधिकारी प्रसाईले प्रहरीलाई सहयोग गर्न आग्रह गरिन । जहाँ सुरक्षा व्यवस्था राम्रो हुन्छ । त्यहाँ जनताले सुरक्षाको अनुभुति गर्छन । गाउँघरमा शान्ति स्थापना गर्न जनताको पनि महत्वपुर्ण भुमिका रहन्छ,उनले भनिन्,‘प्रहरी र जनता मिलेर शान्तिपुर्ण वातावरण बनाउनु होला । अब तपाइरुको सुखदुखको साथी प्रहरी हुनेछ । ’
समाजमा घट्न सक्ने घटनाको समाधान अब प्रहरी चौकीमै हुने भएकोले जनताले शान्ति सुरक्षाको अनुभुति राम्रो संग गर्न पाउने बताइन । जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी नरेन्द्र चन्दले समाजका विकृती विसंगतिको अन्त्य गर्न प्रहरीको महत्वपुर्ण भुमिका रहने बताए । उनले भने,‘शान्ति सुरक्षा आफ्नै लागि हो भनेर जनताले साथ दिनु होला । हरेक सुचनाको आदानप्रदान गर्नुहोला । जब गाउँघरमा शान्ति हुँदैन । तब शान्तिको अनुभुति गर्न सकिदैन । समाजमा शान्ति कायम गर्नु जनता र प्रहरीको प्रभावकारी समन्वयको आवश्यक हुनेगर्छ । ’
हवल्दार नरिमा कठायतको कमाण्डमा पाँच जना प्रहरी फोर्स चौकीमा राखिएको छ । भौगोलिक रुपमा निकै विकट भएकोले सिँजा गाउँपालिकाको ५ र ६ मा घरेलुहिंसा,दुव्र्यबहार,कुटपिट,वहुविवाह र चोरीका घटना अधिकतम रुपमा हुने गरेका छ, वडाध्यक्ष मुनबहादुर रावतले भने,पहिले देखि प्रहरी चौकीको माग गरिएको थियो । अहिले आएर चौकी स्थापना भयो । हामी निकै सन्तुष्ट छौँ । ’
सिँजा ५ र ६ वडामा पाँच गाउँछन । यो चौकीले पाँच गाउँ भित्र हुने असुरक्षाको अवस्था हेर्नेछ । वडाध्यक्ष रावतका अनुुसार कुनै घटना हुदा पहिले ३ घण्टा हिडेर नराकोट प्रहरीचौकीमा जानु पर्ने बाध्यता थियो । प्रहरी चौकी स्थापनाले स्थानीय उत्साहित छन । गाउँको शान्ति सुरक्षा कायम हुने अपेक्षा गरिएको स्थानीय बताउँछन ।
यहाँ चोरी, झै झगडा,महिला हिंसा, जाँडरक्सी सेवन गरेर श्रीमतिलाई कुटपिट देखि समाजमा विभिन्न प्रकारका विकृती फैलाउने कार्य भइरहेका छन । वडा नं.६ का अध्यक्ष कालीबहादुर बुढाले भने,‘अब प्रहरीले सचेतना फैलाउनेछ । गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याएर शान्ति सुरक्षा मजबुद बनाउनेछ । यही अपेक्षा राखेका छौँ । ’
प्रहरीचौकी स्थापना गर्न गाउँ पुगेको प्रमुख जिल्ला अधिकारी प्रसाई सहितको टोलीलाई स्थानीयले फुलमाला र अविर लगाएर भव्य रुपमा स्वागत गरेका थिए । उनीहरुले लामो समय देखि राखेको माग पुरा हुँदा खुुसी लागेको भन्दै जनताको शान्ति सुरक्षाको लागि सरकार गम्भीर देखिएको भन्दै उत्साह प्रकट गरेका थिए ।

Next Post

कर्णालीमा जलस्रोत तथा उर्जा विकास मन्त्रालय किन ?

४ चैत्र २०७८, शुक्रबार ०७:५०
                                कर्णालीमा जलस्रोत तथा उर्जा विकास मन्त्रालय किन ? प्रदेशस्तरको उर्जा, विद्युत, सिँचाई, जल उत्पन्न प्रकोप (नदि तथा पहिरो) व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान, निती, कानून, मापदण्ड, गुरुयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन संचालन, मर्मत सम्भार, […]